कन्काईमा राजवंशी समुदायको धर्म संस्कार सम्बन्धी प्रथम राष्ट्रिय सम्मेलन

Share :

कनकाई । राजवंशी समाज विकास केन्द्रीय समितिको आयोजनामा राजवंशी समुदायको धर्म संस्कार सम्बन्धी प्रथम राष्ट्रिय सम्मेलन कन्काई –९ घैलाडुब्बास्थीत कोच संग्रहालय भवनमा सम्पन्न भएको छ । संस्थाका उपाध्यक्ष बद्रीनारायण राजवंशीको अध्यक्षता तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका केन्द्रीय अध्यक्ष अभय राजवंशीले स्वागतसहित औचित्यमाथी प्रकाश पर्नुभएको थियो ।

उहाँले राजवंशी समानजका धार्मिक तथा साँस्कृतिक मूल्य र मान्यताहरु जीवित राख्ने मुख्य धरोहरका रुपमा रहेका समाजका गुरुगसाई, किर्तिनिया, गाइन ठाकुरहरुको प्रथम राष्ट्रिय सम्मेलन आयोजना गरिएको बताउनुभयो । आधुनिक विज्ञान र राजवंशीय हिन्दु धार्मिक मूल्य मान्यता बिचको अन्तरसम्बन्ध खोजिनु पर्ने आजको अपरिहार्य आवस्यकतालाई बुझ्ने प्रयासका लागि सम्मेलनको आयोजना गरिएको बताउँदै उहाँले कामाख्या देवीको अनुकम्पाले टिष्टादेखि कोशीसम्मको भुगोल भित्र बसोबास गर्ने राजवंशी समुदायका पूर्वजहरुबाट पुस्तान्तरित हज्जारौं वर्षदेखि प्रयोग हुँदै आएका मन्त्रहरुको अतुलनीय र अविश्वसनीय शक्तिलाई विज्ञानसँग जोड्न सक्ने सामर्थ्य राख्न जरुरी भएको बताउनुभयो ।


कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहनप्रसाद न्यौपाने र समाजसेवी शेरबहादुर थापालाई सम्मान गरिएको थियो ।

अध्येता दर्पण राजवंशी लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा अरुणेदय इङलिस स्कूल घैलाडुव्वाका विद्यार्थीहरुले विभिन्न जातीय नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा ठाकुर ब्रम्हाणी धर्मसंस्कार समितिले ठाकुर गाइन नृत्य प्रस्तुत गरेको थियो ।

सम्मेलनबाट नेपाल आदिवासी राजवंशी धर्म संस्कार समिती गठनसंगै राजवंशी धर्म संस्कार सम्बन्धि साझा घोषणापत्र जारी गरिने केन्द्रीय अध्यक्ष अभय राजवंशीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय