नेपाल तामाङ घेदुङ बिर्तामोड नगर अध्यक्षमा विजय गोले निर्वाचित

Share :

बिर्तामोड । नेपाल तामाङ घेदुङ बिर्तामोड नगर समितिको अध्यक्षमा विजय गोले तामाङ निर्वाचित हुनुभएको छ । नेपाल तामाङ घेदुङ बिर्तामोड नगरको आज सम्पन्न अधिवेशनले विजय गोले तामाङको अध्यक्षतामा १७ सदस्य रहेको नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा पदम तामाङ, महिला उपाध्यक्षमा तारा तामाङ, सचिवमा गणेश घिसिङ तामाङ, सहसचिव चनिमाया दोङ तामाङ र कोषाध्यक्षमा समिक्षा तामाङ निर्वाचित हुनुभएको छ ।

बिर्तामोड नगरको नयाँ नेतृत्व चयनका लागि नेपाल तामाङ घेदुङका प्रदेश सचिव तिलक पाख्रिन संयोजक र तामाङ अग्रज प्रेमराज घिसिङ, बिर्तामोड नगरपालिकाका लेखा अधिकृत तेजेन्द्र योञ्जन, नेपाल तामाङ महिला घेदुङ बिर्तामोड अध्यक्ष हेमकला योञ्जन, बरिस्ठ संगित गुरु कृष्ण योञ्जन, नेपाल तामाङ घेदुङका संघीय सदस्य देवराज ग्यावक, तामाङ समाज कल्याण समिति बिर्तामोडका अध्यक्ष फुलमाया दोङ तामाङ सदस्य रहेको निर्वाचन समिति निर्माण गरिएको थियो ।


त्यसअघि सम्पन्न भएको नगर अधिवेशनको उदघाटनमा नेपाल तामाङ घेदुङ संघीय समिति सदस्य देवराज ग्यावक तामाङको प्रमुख अतिथ्य रहेको थियो । नेपाल तामाङ घेदुङ बिर्तामोड नगर समितिका निर्वतमान अध्यक्ष हस्त बहादुर लुङ्बा तामाङको अध्यक्षतामा भएको कार्यक्रममा समितिको तर्फबाट टिका घिसिङले स्वागत मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका लेखा अधिकृत तेजेन्द्र योञ्जन तामाङ, नेपाल तामाङ महिला घेदुङ बिर्तामोड अध्यक्ष हेमकला योञ्जन तामाङ, तामाङ समाज कल्याण समिति बिर्तामोडका अध्यक्ष फुलमाया दोङ तामाङ, नेपाल तामाङ घेदुङ कोशी प्रदेशका सचिव तिलक पाख्रिन, प्रमुख अतिथि नेपाल तामाङ घेदुङका संघीय सदस्य देवराज ग्यावक तामाङलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

बिर्तामोडको नमो बौद्ध गुम्बामा सम्पन्न भएको कार्यक्रमको संचालन बिर्तामोड नगरका निर्वतमान सचिव सूर्यमान पाख्रिनले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
6
+1
0
+1
1
+1
0
+1
1
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय