१ लाख ५० हजार जनाले पिए एक रुपैयाँको चिया

Share :

झापा । बिर्तामोडमा सञ्चालित ‘बिर्तामोड अन्तरष्ट्रिय औद्योगिक महोत्सव’मा एक लाख ५० हजार कप चिया विक्री भएको छ । नेपाली चियालाई अन्तराष्ट्रिय वजारमा चिनाउने उद्देश्य सहित स्थानीय व्यवसायी चक्र कार्की र नरेश सापकोटाले महोत्सव अवधिभर एक रुपैयाँमा चिया उपलब्ध गराउँदै आउनु भएको थियो । एक रुपैयाँमा चिया उपलब्ध गराएसंगै महोत्सव अवलोकनकर्ताले चियाको प्रशंसा गरेका गरेका थिए ।

करिब साढे सात लाख रुपैयाँ खर्चेर आएका अगन्तुकलाई मेजमान नामक चिया प्रदान गरिएको हो । जसमा एक लाख ५० हजार रुपैयाँ चिया बिक्रीबट संकलन भएको बताइएको छ । सीता चिया तथा घरेलु मसला उद्योगले अग्र्यानिक र विना मिसावटको शुद्ध चिया उपलब्ध गराएसँगै महोत्सवमा आएका अवलोकनकर्ताले चियाको गुणस्तको समेत तारिफ गरेका थिए । ‘रंग छिटो खाँदा मिठो’ भन्ने नारा सहित अबलोकनकर्तालाई मेजमान चिया प्रदान गरिएको हो ।


महोत्सव अवधिभर एक रुपैयाँमा चिया उपलब्ध गराएपछि बिर्तामोड उद्योग वाणिज्य संघका पदाधिकारी र महोत्सव मूल आयोजक समितिले समेत मेजमान चियाको प्रशंसा मात्रै गरेनन् व्यवसाय प्रवद्र्धनका लागि खेलेको भूमिकाको उच्च मूल्याङ्कग गरिएको जनाए ।

यसैबीच अर्जुनधारा नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष हरिशचन्द्र वास्तोलाले आफ्नो वडामा सञ्चालित उद्योग र उद्योग सञ्चालकले नमूना काम गरेको भन्दै कदर पत्रद्वारा सम्मान गरेका छन् । उनले व्यवसाय प्रवद्र्धन र औद्योगिक मेलामा एक रुपैयाँमा चिया उपलब्ध गराएर सह्रानीय काम गरेको भन्दै कदरपत्र प्रदान गरेका हुन् ।

१४ दिनसम्म सञ्चालित महोत्सवमा एक रुपैयाँमा नै चिया उपलब्ध गराएर महोत्सवमा छुट्टै रौनकता प्रदान गरेका व्यवसायीद्वयले नेपाली चिया विश्व वजारमा पु¥याएर आर्थिक रुपान्तरणमा भूमिका खेल्न सकिने सञ्देश दिएका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय