अर्जुनधाराका कृषकलाई ६ लाख ४५ हजार मूल्यको कृषि सामग्री वितरण

Share :

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले खायन आलु उत्पादन कार्यक्रम अन्तर्गत नगर क्षेत्रका १२ कृषक समूहलाई ६ लाख ४५ हजार मूल्य बराबरको कृषि सामग्री वितरण गरेको छ ।

संघीय सरकारको ५० प्रतिशत अनुदान र कृषक समूहको ५० प्रतिशत लागत साझेदारीमा आलु र मकै खेतिका लागि उपयोग हुने २२ वटा मेसिन र २६ वटा स्प्रे मेसिन वितरण गरिएको हो ।

नगर आर्थिक विकास समितिको संयोजन तथा कृषि शाखाको आयोजनामा भएको कार्यक्रममा कृषि कर्मलाई सहज बनाउनका लागि ५ लाख २८ हजार मूल्य बराबरको आलु गोड्ने मेसिन र १ लाख १७ हजार मूल्य बराबरको स्प्रे मेसिन वितरण गरिएको शाखा प्रमुख एञ्जिला बेडारीले जानकारी दिइन् । उनका अनुसार बजारमा आलु गोड्ने मेसिनको मूल्य २४ हजार र स्प्रे मेसिनको मूल्य ४ हजार ५ सय पर्छ ।


उक्त कृषि सामग्रीहरुको वितरण नगर प्रमुख बलदेव गोम्देन, उपप्रमुख खड्गमाया पराजुली र प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले गरेकी थिइन् ।

सामग्री हस्तान्तरण गरिसकेपछि बोल्दै नगर प्रमुख गोम्देनले अर्जुनधारा कृषिमा आश्रित नगर भएको बताउँदै नगरका कृषकहरुको हितमा सधैव सक्रिय रहने बताए ।

उनले कृषिमा आधुनिकीकरण भित्रिरहेको बेला आफ्ना कृषकहरुलाई सो बारे जानकारी गराउँदै कृषि क्षेत्रलाई सहज बनाउनु आफूहरुको दायित्व रहेको बताए । उनले कृषिमा विचौलियाको विगविगी पनि त्यतिकै हुने हुँदा कृषकहरुलाई त्यसबाट जोगाउन नगरले हरसम्भव प्रयास गर्ने प्रतिक्रिया दिए ।

प्रगति कृषि समूह, ज्योति कृषि समूह, प्रधान कृषि फर्म, परिश्रमि कृषि समूह, विशाल कृषि सहकारी, जलकन्या कृषि समूह, हात्तीकिल्ला कृषक समूह, सालबारी कृषक समूह, स्वागत कृषक समूह र लक्ष्मीधाप कृषक समूहले उक्त कृषि सामग्री बुझेर लगिसकेको शाखाकी मीना अधिकारीले जानकारी दिइन् । अन्यलाई भने शाखाले समन्वय गरेर वितरण गरिने बताइन् ।

नगर प्रमुख गोम्देनको सभापतित्वमा भएको कार्यक्रममा आर्थिक विकास समितिका गौरीमाया चिमरिया, लेखा अधिकृत विपिन लम्साल, राजश्व शाखा प्रमुख डेनजनी आचार्य वडा नं. ६ सदस्य टुम्मनाथ काफ्ले लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन कृषि शाखा प्रमुख बेडारीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय