बिर्तामोडमा काठमाडौं वर्ल्ड स्कूलको शैक्षिक अन्तरक्रिया

Share :

बिर्तामोड । शिक्षा अन्तरक्रिया गर्दै ‘नेपाल टुर’ गरिरहेको काठमाडौं वर्ल्ड स्कूलले झापाको बिर्तामोडमा पनि अन्तरक्रिया गरेको छ । ‘नेपाल टुर’ २०७९ कार्यक्रम अन्तर्गत काठमाडौं वर्ल्ड स्कूलले बिर्तामोडमा बिद्यार्थी, अभिभावक, संञ्चारकर्मीलगायतका सरोकारवालासँग अन्तरक्रिया गरेको हो ।

अन्तराष्ट्रियस्तरको गुणस्तरीय शिक्षा दिने उद्देश्यले सञ्चालनमा आएको स्कूलले विविध पक्षबारे जानकारी गराउने उद्देश्यले अन्तरक्रिया आयोजना गरेको स्कूलका व्यवस्थापन समिति अध्यक्ष डा. मिथिलेशकुमार झाले जानकारी दिनुभयो । अन्तरक्रिमा आफ्ना भनाई राख्दै उहाँले शिक्षण बिधि, भौतिक संरचना, प्राकृतीक बातावरण, खान-बस्न, खेलकुदलगायतका गतिबिधि र अन्य व्यवस्थापन अन्तराष्ट्रियस्तरको बताउनुभयो । बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा दिएर अभिभावकलाई सन्तुष्टि बनाउन आफूहरु लागिपरेको उहाँको भनाई थियो । सोही क्रममा देशका विभिन्न स्थानमा प्रचारात्मक कार्यक्रम गरिरहेको उहाँले जानकारी दिनुभयो ।


अन्तरक्रियामा स्कूलका प्रिन्सिपल केशरबहादुर खुलालले उन्नत शिक्षा दिएर स्वदेशमानै योग्य र दक्ष जनशक्ति उत्पादन गर्ने विद्यालयको मुख्य लक्ष्य रहेको बताउनुभयो । शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका बिषयमा प्रयोगात्मक शिक्षणसंगै कृषि लगायतका अतिरिक्त क्रियाकलापमा निपूर्ण बनाइने जानकारी दिनुभयो । निजीस्तरमा खुलेका धेरै स्कूलले नाफा मात्रै आर्जन गर्ने तर गुणस्तरमा खासै ध्यान नदिने बताउदै उहाँले काठमाडौं वर्ल्ड स्कूलले भने शैक्षिक गुणस्तरलाई प्राथमिकतामा राखेको दाबी गर्नुभयो ।

त्यस्तै, कार्यक्रममा काठमाडौं वर्ल्ड स्कूलमा आफ्नो छोराछोरी पढाइरहनुभएका बिर्तामोडका जगत शर्माले आफ्नो अनुभव साट्दै स्कूलले प्रदान गर्ने शिक्षाबाट आफु सन्तुष्ट रहेको बताउनुभयो । आफ्ना २ सन्तान काठमाडौं वर्ल्ड स्कूलमा नै पढीरहेको बताउँदै उहाँले नानीहरुले पनि स्कूल राम्रो भएको प्रतिक्रिया दिएको सुनाउनुभयो । उहाँले खाने-बस्ने लगायतका सेवासुबिधा पनि राम्रो भएको पाएको बताउनुभयो ।

बिर्तामोडको सिद्धार्थ होटलमा सम्पन्न भएको कार्यक्रममा बिर्ताज्योतिका सम्पादक तुलसीप्रसाद निरौलाले स्वागत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सीमा बस्नेतले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय