‘कोशी प्रदेश’ नामकरण गरिएको भन्दै सुरु भयो बिरोध प्रदर्शन, तस्बिरहरु

Share :

बिर्तामोड । प्रदेशको नाम कोशी राखिएको भन्दै कोशी प्रदेशमा बिरोध सुरु भएको छ । झापाको बिर्तामोडमा पहिचानवादी संघ संगठनहरुले बिरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरुले ‘कथित कोशी प्रदेश मान्दैनौ’ लेखिएको कागज जलाएका थिए ।


प्रदेश नं १ सभाबाट प्रदेशको नाम ‘कोशी प्रदेश’ राखिएको अवसरमा प्रदेश सरकारले भने आज सार्वजनिक बिदा घोषणा गरेको थियो ।

प्रदर्शनकारीहरुले ‘कोशी प्रदेश खारेज गर’ भन्दै नाराबाजी गरेका थिए ।

उनिहरुले प्रदेशको नामाकरण खारेज गर्न र पहिचानको आधारमा नामकरण गर्न चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय