एम्स एकाडेमीको २५ औं स्थापना दिवस

Share :

अर्जुनधारा । एम्स एकाडेमी अर्जुनधाराले २५ औं स्थापना दिवस तथा अभिभावक दिवस बिविध कार्यक्रम गरि मनाएको छ । शिक्षकअभिभावक संघका अध्यक्ष रमेश नेपालको अध्यक्षता तथा प्याब्सन झापाका अध्यक्ष गौरीमान फागोको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक ओमप्रकाश ओझाले स्वागत गर्नुभएको थियो ।

साहायक प्रधानाध्यापक यमनकुमार दनुवारद्वारा मंगलाचरण गरि सुरु गरिएको कार्यक्रमको औचित्यमाथी बिद्यालयका संस्थापक निर्देशक टि.आर. गौतमले प्रकाश पार्नुभएको थियो । प्याबसन झापाका अध्यक्ष फागो, बरिष्ठ उपाध्यक्ष छत्रबहादुर कार्कीलगायतले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रममा बिद्यार्थीहरुले राइम्स, गित, नृत्य, कविता, फेसन सो, लघु नाटकलगायतका मनोरञ्जनात्मक सांंस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।


कार्यक्रममा अभिभावकहरुकालागि भाग्य चिठ्ठा मार्फत पुरस्कार प्रदान गरिएको बिद्यालय अनुगमन उपसमिति संयोजक कमल पोखरेलले जानकारी दिनुभयो । कार्यक्रमको संचालन संञ्चारकर्मी कौशल कान्छो, शिक्षकहरु त्रिलोचन दाहाल, फडिन्द्रदेव खनाल लगायतले गर्नुभएको थियो ।

त्यस्तै बिद्यार्थीहरु एन्जल बराल, खुस्बु गुप्ता, मुना तिम्सिना, आयुष सापकोटा, मनिषा तिम्सिना, विश्वास अधिकारी, एन्जिला राई, प्रनिशा बस्नेत, अनुष्का प्रधान, तपश्या गुरुङ, प्रशंसा चौधरी, सुधा आचार्य, आरती शाह, दिपेश दाहाल, दिपेश गुपता, विश्वास कटुवाल, अधिरज भट्टराई, रोशा लिम्बु, दिक्षीका मंग्राती, सगुन राई, न्याइता तामाङ लगायतले कार्यक्रमको संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय