माझी समुदायले झापामा भव्यरुपमा मनाए कोशी (लदी) पुजा [फोटो फिचर]

Share :

झापा । माझी जातिले झापामा बिभिन्न कार्यक्रम गर्दै भव्यरुपमा कोशी (लदी) पुजा मनाएका छन् । माझी जातिले माहान पवको रुपमा मनाउदै आएको कोशी (लदी) पुजा २०७९ को अवसरमा झापाको पर्यटकिय तथा धार्मीक क्षेत्र दोमुखामा आयोजित कार्यक्रममा बिधिपुर्वक पुजाआजा गर्दै सांस्कृतीक कार्यक्रम सम्पन्न भएको हो । नेपाल माझी उत्थान संघ जिल्ला कार्यसमिति झापाको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाका मेयर मेघाहाङ थोप्राले कनकाई नदिको किनारमा बनाइएको पुजा स्थलमा पुजआरधना गर्दै पानसमा दिप प्रज्वलन गरेर पर्वको अवसरमा आयोजित सांस्कृतीक तथा औपचारीक सभाको उद्घाटन गर्नुभएको थियो ।

नेपाल माझी उत्थान संघ जिल्ला कार्यसमिति झापाका अध्यक्ष कृष्ण बहादुर माझीको अध्यक्षतामा भएको कार्यक्रममा माझी जातिको मौलिक कलासंस्कृतीको प्रस्तुति रहेको थियो । कोशी (लदी) पुजाको अवसरमा माझी जातिले बिषेश गरेर नदि र पानिको पुजा गर्ने गरेको अध्यक्ष कृष्ण बहादुर माझीले बताउनुभयो । उहाँले विगतका दिनमा परम्परागता पेशा ढुङ्गा चलाएर दैनिक जिविको पार्जन गर्ने मार्झीहरु अहिले बढ्दो आधुनिक विकाससंगै बैकल्पिक पेशा व्यवसायमा लागिरहेको बताउनुभयो । उहाँले सरकारले माझी समुदायकालागि वैज्ञानी विकल्पको खोजी गरिदिनुपर्ने माग समेत राख्नुभयो ।


कोशी (लदी) पुजा पर्वमा झापासहित छिमेकी जिल्लाहरु इलाम र मोरङबाट तथा भारतको दार्जेलिङ लगायतका स्थानबाट समेत माझी समुदायका मानिसहरुको उपस्थिति रहेको अध्यक्ष कृष्ण बहादुर माझीले बताउनुभयो । सामुहीक रुपमा भएको पुजा कार्यक्रममा ५ हजार माझी समुदायका मानिसहरुको सहभागिता रहेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा झामी समुदायका अगुवाहरुले शिवसताक्षी नगरपालिकाले कोशी (लदी) पुजाको अवसरमा स्थानीय विदा दिनुपर्ने माग गरेका थिए ।

सो अवसरमा आफ्ना कुरा राख्दै शिवसताक्षी नगरपालिकाका मेयर मेघाहाङ थोप्राले माझी समुदायका मागप्रति आफु सकरात्मक रहेको बताउनुभयो । उहाँले कोशी (लदी) पुजा पर्वकालागि यो बर्षपनि १ लाख बजेट विनियोजन गरेको र आगामी दिनमा नगर सरकारको तर्फबाट थप सहयोग गर्ने बताउनुभयो । विधिपुर्वक पुजाको कार्य बिहानदेखि नै भए पनि औपचारिक सभाको उद्घाटन भने मध्यन्हमा भएको थियो । कार्यक्रममा बिभिन्न कलाकारहरुले माझी सुमुदायको मौलिक तथा परम्परागत संस्कृतीलाई झल्काउने प्रस्तुति दिएका थिए । पर्वको अवसरमा माझी समुदायमा लोकप्रिय रहेको बिभिन्न परिकारहरुको प्रर्दशनी समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय