भद्रपुर झापा गोल्डकपको उपाधी जित्ने दुवै टोलिको दावी

Share :

झापा । लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लब जारी भद्रपुर झापा गोल्डकपको उपाधि रक्षाका लागि मंगलबार आमने सामने हुँदैछन् । उपाधि रक्षाका लागि मेची रंगशालामा दुवै टोलीको पहिलो भेट हुनेछ ।

तेस्रो पटक रंगशालामा उत्रँदा मच्छिन्द्र यस सिजनको दोस्रो उपाधिको दौडमा हुनेछ । मच्छिन्द्र गत फागुन ७ गते सर्लाहीमा आयोजित सातौँ राजर्षि जनक कपको उपाधि रक्षा गरेर उत्साहित छ । आर्मी भने पहिलो उपाधि रक्षा गर्ने लयमा छ ।

आइतबार भएको अन्तिम सेमिफाइनलमा एपीएफ एफसीमाथि १-० गोलको साँघुरो जित दर्ता गरेको मच्छिन्द्रले टिमको मिहेनतलाई श्रेय दिँदै जित निकाल्ने प्रशिक्षक प्रवेश कटुवालले प्रिम्याच प्रेस कन्फरेन्समा बताए ।


केही नयाँ खेलाडी भएकाले पनि स्कोर सोचेजस्तो ननिस्किएको बताएका उनले टिम वर्कप्रति सन्तुष्ट रहेको सुनाए । नियमित खेल भइरहेकाले टिम सेट भइरहेको उनको भनाइ थियो । फाइनल खेलमा डिफेन्डर थपिने बताउँदै उनले आर्मीको खेल राम्रो भएको प्रतिक्रिया दिए ।

झापाका ७ जना खेलाडी समेटिएको मच्छिन्द्रमा पछिल्लोपटक पुजन उपरकोटी र अभिषेक गुरुङ भने चोटिल अवस्थामा छन् ।

मच्छिन्द्रका कप्तान सुजल श्रेष्ठले त्रिभुवन आर्मीलाई प्रतिस्पर्धी पाएकोमा हिजोको भन्दा राम्रो खेलेर उपाधि रक्षा गर्ने दाउमा रहेको सुनाए ।

आर्मीका प्रशिक्षक राजु तामाङले मच्छिन्द्रलाई सशक्त प्रतिद्वन्द्वीको रुपमा चित्रण गरे । आर्मी पनि लिगको तयारीमा रहेकाले फाइनल खेलमा केही खेलाडी थपिने पनि उनले सुनाए ।

मच्छिन्द्रको खेल राम्रो भएको बताएका उनले आफ्ना खेलाडीले पनि क्षमताअनुसार नै प्रदर्शन गरिरहेको भन्दै प्रशंसा गरे । सेमिफाइनलमा संकटा क्लबसँग १-० गोलको कठिन जित दर्ता गरेको आर्मी सिजनको पहिलो उपाधिको दौडमा छ । जित्नकै लागि प्रतिस्पर्धामा आए पनि खेल प्रस्तुतिमा भर पर्ने बताउँदै उनले योजनाअनुसार नै फाइनल खेल हुने पनि सुनाए ।

कप्तान गिलेस्पी जंग कार्कीले फाइनल खेलको नतिजा आफ्नो पक्षमा पार्न शतप्रतिशत प्रयास गर्ने बताए । उनले पहिलो खेलदेखिकै एकै रफ्तारले नतिजा निस्कनेमा ढुक्क रहेको सुनाए ।

गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने छ । प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २० हजार पाउनेछन् ।

उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई जनही २५ हजार दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय