झापामा तीन दिनमा दुई लाख जनाले खाए हात्तीपाइले विरुद्धको औषधि

Share :

बिर्तामोड । झापामा तीन दिनमा करिव दुई लाख नागरिकले हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन गरेका छन् । जिल्लामा ११ गतेदेखि औषधि खुवाउने कार्यक्रम सुरु भएको थियो ।

स्वास्थ्य कार्यालय झापाका अनुसार ११ गते ७१ हजार १ सय ७७ जना, १२ गते ८१ हजार ३ सय ८ र १३ गते ४६ हजार ५ सय ६१ जनाले औषधि सेवन गरेका छन् ।

तीन दिनमा १ लाख ९९ हजार ४६ जनाले औषधि सेवन गरिसकेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । १७ गतेसम्म औषधि खुवाउने कार्यक्रम सञ्चालन हुने बताइएको छ । तथ्याङक अनुसार अहिलेसम्म धेरैलाई औषधि सेवन गराउनेमा विर्तामोड नगरपालिका अगाडि छ ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय