स्वास्थ्य प्रवद्र्धन तथा शिक्षा संघ प्रदेश नं १ को अध्यक्षमा झापाका बोहरा सर्वम्मत चयन

भद्रपुर । स्वास्थ्य प्रवद्र्धन तथा शिक्षा संघ प्रदेश नं १ को अध्यक्षमा झापाका युवराज बोहरा सर्वम्मत चयन भएका छन् ।
विराटनगरमा आज भएको स्वास्थ्य तथा शैक्षिक क्षेत्रका विज्ञ एवम् सरोकारवालाहरुको भेलाले झापाको विर्तामोड–३ सैनिकमोडस्थित मेची आँखा अस्पतालमा स्वास्थ्य शिक्षा अधिकृत पदमा कार्यरत बोहरालाई अध्यक्षमा चयन गरेको हो ।

स्वास्थ्य प्रवद्र्धन तथा शिक्षा संघका केन्द्रीय उपाध्यक्ष एवम् सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य प्रवद्र्धन केन्द्रका प्रमुख हेमराज खड्काको अध्यक्षतामा आयोजित भेलाको १ नं प्रादेशिक स्वास्थ्य तालिम केन्द्र धनकुटाका निर्देशक रोहितकुमार पाण्डेले उद्घाटन गरेका थिए ।


भेलाले सचिवमा ओमनारायण यादव र कोषाध्यक्षमा विनिता दवाडीलाई चयन गरेको छ भने सदस्यमा नवराज प्रधान र आदित्य शाक्य चयन भएका छन् । भेलाले रोहितकुमार पाण्डेलाई सल्लाहकार संयोजकमा चयन गरेको छ ।प्रभावकारी पहुँचयोग्य सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा कायम गरी प्रवद्र्धनात्मक स्वास्थ्य सेवाका लागि पैरवी, जनचेतना अभिबृद्धि एवम् पेशागत स्वास्थ्यका लागि पैरवी गर्ने उद्देश्यले गठन भएको संघले प्रदेश नं १ मा पहिलो पटक संगठन विस्तार गरेको हो ।


नवगठित समितिले प्रदेशस्तरमा स्वास्थ्य प्रवद्र्धनमा सेवा विस्तार तथा विकासका लागि सम्बन्धित सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य गर्दै आफ्ना गतिविधि अगाडि बढाउने नवनिर्वाचित अध्यक्ष बोहराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
सम्बन्धित

लोकप्रिय

लोकप्रिय