कैदले खानेपानीको दोस्रो बार्षीक साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः ढुण्डीराज गौतम

Share :

अर्जुनधारा । अर्जुनधारा नगरपालिका ३ मा संचालित कैदले खानेपानी तथा सरसफाई उपभोक्ता समितिको दोस्रो बार्षीक साधारणसभा सम्पन्न भएको छ । संबिधानसभाका सदस्य प्रेम गिरीको प्रमुख आतिथ्यमा भएको साधारणसभामा संस्थाको भवन समेत उद्घाटन गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि गिरीले ३२ लाख लागतमा निर्माण सम्पन्न भई संचालनमा आएको चारकोठे भवनको उद्घाटन गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष ढुण्डीराज गौतमको अध्यक्षतामा भएको कार्यक्रमा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोम्देन तामाङ र खानेपानी डिभिजन कार्यलय झापाका प्रमुख विकास काफ्लेको बिशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा संस्थाको बार्षीक प्रतिवेदन प्रस्तु गर्दै अध्यक्ष गौतमले २०६६ सालमा योजना सुरु भई हाल संचालन भइरहेको कैदले खानेपानी उपभोक्ता समितिले २ सय ९३ घर उपभोक्तालाई पानी बितरण गरिरहेको जानकारी दिनुभयो । ५ सय १० घरधुरी उभोक्तालाई पानी बितरण गर्ने लक्ष्य लिएको संस्थाले ८ किलोमिटर पाइप बिछ्याउने आगामी योजना बनाएको गौतमले बताउनुभयो । कार्यक्रममा संस्थाका सचिव नरेन्द्र मिश्रले संस्थाको आर्थीक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभाको अवसर पारेर जग्गादाता टिकामाया श्रेष्ठलाई सम्मान गरिएको थियो ।


अध्यक्षमा पुनः ढुण्डीराज गौतम सर्वसम्मत चयन

संस्थाको कार्यलय परिसरमा सम्पन्न साधारणसभाले नयाँ कार्यसमिति समेत चयन गरेको छ । कैदले खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा पुनः ढुण्डीराज गौतम सर्वसम्मत चयन हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा याम मगर, सचिवमा टिकाराम श्रेष्ठ (कैलाश), सहसचिवमा लक्ष्मीराम शर्मा, कोषध्यक्षमा सञ्चरानी इङनाम चयन हुनुभएको छ ।

सदस्यहरुमा याम बास्कोटा, यूवराज चापागाई, कञ्चनदेवी काफ्ले र मुना पुलामी मगर चयन हुनुभएको छ । ११ सदसीय कार्यसमितिमा अन्य दुई सदस्य भने कार्यसमितिले मनोनित गर्ने बताइएको छ ।

साधारणसभामा अर्जुनधारा ३ नम्बर वडाका वडाअध्यक्ष सिताराम भट्टराई लगायतका जनप्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय