भारतको मध्य प्रदेशमा भएको सवारी दुर्घटनामा १७ जनाको मृत्यु

Share :

एजेन्सी । भारतको मध्यप्रदेशमा एक ट्रकले तीनवटा बसलाई ठक्कर दिँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ। घाइते ५० म२ये १० जनाको अवस्था गम्भीर छ।

सतना भन्ने ठाउँमा भइरहेको धार्मिक मेलाका तिर्थ यात्री बोकेका ३ वटा बसलाई ट्रकले ठक्कर दिएको हो। सिमेन्ट बोकेको तीव्र गतिको ट्रकले गएराति ९ बजे रोकिराखेका ३ वटा बसलाई ठक्कर दिएको थियो। टायर पञ्चर भएर अनियन्त्रित बनेको ट्रकको ठक्करबाट दुईवटा बस सडकबाट उछिट्टिएको र एउटा बस सडकमै पल्टिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यी प्रत्येक बसमा ५० देखि ६० को संख्यामा यात्रु थिए। दुर्घटनापछि मध्ये प्रदेश सरकारका मुख्यमन्त्री शिवराज सिंह चौहानले मृतकका परिवारलाई १०–१० लाख र घाइतेलाई २–२ लाख रुपैयाँ राहत दिने घोषणा गर्नुभएको छ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय