बिर्तामोड १ का विपन्नलाई ठेला भ्यान बितरण

Share :

झापा । बिर्तामोड नगरपालिका वडा नम्बर १ले अति विपन्न दुई जनालाई ठेला भ्यान बितरण गरेको छ । वडाले विपन्न रोजगार कार्यक्रम अन्तर्गत उक्त सामग्री वितरण गरेको हो । ठेला भ्यान पाउनेहरुमा स्थानीय लक्ष्मी राजवंशी र गोमादेवी पोख्रेल गौतम रहेका छन् । उनीहरुलाई ३५ हजार गोटाका ठेला भ्यान वितरण गरेको वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

मागका आधारमा राजवंशी र गौतमलाई ठेला भ्यान वितरण गरीएको वडासचिव टिका अधिकारीले बताउनुभयो । वडाबाट ठेलाभ्यान पाएपछि आफुलाई गरिखानका लागि सहयोग पुगेको गौतमले बताउनु भयो । श्रीमान वितेपछि परिवार पाल्न सकस व्यहोर्दै आउनु भएकी गौतमले ठेलामा सानो तिनो व्यवसाय गर्ने भन्दै खुशी व्यक्त गर्नुभयो ।

वडा कार्यालयले हरेक वर्ष विपन्न रोजगार कार्यक्रम अन्तर्गत रहेर अतिविपन्न परिवरलाई सहयोग पुर्याउँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय