पञ्चरत्न मा.वि.को ५५ औं बार्षीकोत्सव सम्पन्न

Share :

बिर्तामोड । बिर्तामोड नगरपालिका २ मा रहेको पञ्चरत्न माध्यमिक बिद्यालयको ५५ औं बार्षीकोत्सव सम्पन्न भएको छ । बिद्यालय परिसरमा आयोजित बिषेश समारोहकाबिच स्मारिका विमोचन, सम्मान तथा प्रमाण पत्र बितरण कार्यक्रमको आयोजना गर्दै बिद्यालयले ५५ औं बार्षीकोत्सव मनाएको हो ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवानी प्रसाद ओलीको अध्यक्षता तथा प्रदेशसभा सदस्य एकराज कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा पूर्व प्रधानाध्यापक तथा पूर्व शिक्षहरुलाई बिधाई तथा सम्मान गरिएको थियो ।


सो अवसरमा बिद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरुलाई समेत सम्मान गरिएको थियो । त्यस्तै जग्गा दाता र बिद्यालयलाई बिभिन्न क्षेत्रबाट सहयोग गर्ने सहयोगी संस्था तथा व्यक्तीहरुलाई समेत सम्मान पत्रद्वारा सम्मान गरिएको बिद्यालयका सल्लाहाकर संयोजक तथा स्मारिका प्रकाशन उपसमितिका संयोजक धर्मराज लक्सम्बाले जानकारी दिनुभयो ।

बार्षीकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बिभिन्न बिद्यालयका बिद्यार्थीहरुले नृत्य प्रतियोगितमा भाग लिएका थिए । कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य एकराज कार्की, बिशिष्ट अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौला, बिर्तामोड २ का वडाअध्यक्ष किसोर पौडेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय