बिर्तामोडमा कप्स एण्ड बोतल्स क्याफे संचालन

Share :

बिर्तामोड । झापा बिर्तामोडका तीन जना युवाले बिर्तामोड–४ मा कप्स एण्ड बोतल्स क्याफे सञ्चालनमा ल्याएका छन् । बिर्तामोडका अमित खड्का, अर्जुन संग्रौला र योगेश अधिकारीले ६० लाख रुपैयाँको लगानीमा कप्स एण्ड बोतल्स क्याफे सञ्चालनमा ल्याएका हुन् ।

कप्स एण्ड बोतल्स क्याफेको उद्घाटन र्याप गायक आशिष राना (लाहुरे) ले गर्नुभयो। कप्स एण्ड बोतल्स क्याफेमा मट्का बिरयानी, चिकेन समोसा, मट्का चिया,इन्डियन,कोरियन सवै प्रकारका खाना तथा नास्ता पाइने सञ्चालक अमित खड्काले जानकारी दिनुभयो। उहाँले आफ्नै गाउँघरमा पाइने बाँस, खर र काठको प्रयोग गरेर निक्कै आकर्षक ढंगबाट कप्स एण्ड बोतल्स क्याफेको निर्माण गरिएको बताउनुभयो ।


कार्यक्रममा सहभागी बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव अर्जुन मैनालीले बिर्तामोडका युवा अमित खड्का, अर्जुन संग्रौला र योगेश अधिकारीले कप्स एण्ड बोतल्स क्याफे सञ्चालनमा ल्याएर उद्योग व्यवसायको क्षेत्रमा एउटा इँटा थपेको बताउनुभयो । उहाँले आफ्नै देशमा केही गर्न चाहने युवालाई सवैले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै बिर्तामोड उद्योग बाणिज्य संघका सदस्य जीवन खड्काले कप्स एण्ड बोतल्स क्याफेका सञ्चालक सञ्चालकत्रयलाई व्यवसायिक सफलताको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय