बिर्तामोड महोत्सवमा वीरता जेसीजसहित चार संस्थाद्वारा रक्तदान कार्यक्रम आयोजना

Share :

बिर्तामोड । झापाको बिर्तामोडमा जारी बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक ब्यापार महोत्सवमा विभिन्न ४ वटा संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेका छन् । वीरता जेसीज, वीरता लेडी जेसीज, लायन्स क्लब अफ बिर्तामोड तथा औषधी व्यवसायी संघ झापाको संयुक्त आयोजना र नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम शुरु भएको हो । गत फागुन ५ गतेबाट सञ्चालन भइरहेको महोत्सवमा फागुन १० गतेदेखि १५ गतेसम्म रक्तदान संचालन हुने बताइएको छ । रक्तदान कार्यक्रमको पहिलो दिन ३० जना बढीले रक्तदान गरेको वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरीले जानकारी दिनुभयो ।

वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षता तथा बिर्तामोड अन्तर्राष्ट्रिय ब्यापार महोत्सव मूल आयोजक समितिका संयोजक राजु न्यौपानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक वीरता जेसीजका अशोक चौधरीले गर्नुभएको थियो । वीरता लेडी जेसीजकी अध्यक्ष संगीता गिरीले औचित्यमाथी प्रकाश पारेको कार्यक्रममा वीरता लेडी जेसीजकी सदस्य कविता ओलीले आस्था वाचन र वीरता लेडी जेसीजकी उपाध्यक्ष प्रियङ्का उप्रेतीले जेसीआई मिसनभिजन बाचन गर्नुभएको थियो । कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्षहरु स्वस्तिका आचार्य , बीरबहादुर वेघालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।


कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखा सभापति मनोज अग्रवाल, निवर्तमान सभापति सजेश शिवाकोटी, लायन्स क्लब अफ बिर्तामोडका अध्यक्ष बलराम कार्की,औषधी व्यवसायी संघ झापाका सुरेश खतिवडा, बिर्तामोड उद्योग वाणिज्य संघका दिपक मित्तल, वीरता जेसीजका निवर्तमान अध्यक्ष प्रविन खड्का, पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईलगायतको सहभागिता रहेको सञ्चार संयोजक तुलसीप्रसाद निरौलाले जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव जनक खड्का र वीरता लेडी जेसीजकी महासचिव निशा शाक्यले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय