‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को फिल्ड अडिसन फागुन २० र २१ गते दमकमा हुने

Share :

दमक । सर्वाधिक पुरस्कार राशी भएको पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को फिल्ड अडिसन झापाको दमकमा हुने भएको हो । दमकमा पत्रकार सम्मेलनको आयोजना गर्दै इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा हुने रियालिटी शो को बारेमा जानकारी गराइएको हो । पूर्वकालागि आगामी फागुन २० र २१ गते झापा दमकको सरस्वती मावि इँटाभट्टामा अडिसन हुने छ ।

पत्रकार सम्मेलनमा इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका सचिव सुरेन शेर्माले विश्वभर छरिएर रहेका नेपाली भाषीको अन्तरनिहित प्रतिभा गायन र नृत्यको माध्यमद्वारा प्रस्फुटन गर्ने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । ‘मेरो भ्वाइस युनिभर्स’का विजेताले नेपाली एक करोड रुपैयाँ, फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेण्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउने बताइएको छ ।


त्यस्तै ‘मेरो डान्स युनिभर्स’ का विजेताले एक करोड रुपैयाँ, फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेण्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगितामा १८ बर्ष भन्दाबढी उमेरका विश्वका जुनसुकै स्थानमा बसोबास गर्ने नेपाली भाषीले सहभागिता जनाउन पाउने फाउन्डेसनका नेपाल संयोजक राम वानियाँले बताउनुभयो । दुवै कार्यक्रमहरुको फिल्ड अडिसन बुटवलमा फागुन १० गते भइसकेको र भारतको शिलगढीमा फागुन १४ र १५ गते, झापाको दमकमा फागुन २० र २१ गते र काठमाडौंमा फागुन २७ र २८ गते हुने बताइएको छ । विदेशबाट सहभागी हुन चाहनेले माई इन्ट्रा एप डाउनलोड गरेर रजिष्टर गर्न सक्ने बताइएको छ ।

अमेरीकालगायत अन्य केही मुलुकमा भने फिल्ड अडिसन सम्पन्न भएको ‘मेरो डान्स युनिभर्स’का निर्णायक शंकर बि.सीले जानकारी दिनुभयो । फिल्ड अडिसनबाट चुनिएका प्रतियोगी काठमाडौंमा आएर स्टुडियो अडिसनमा सहभागी हुने बताइएको छ । उहाँले ‘मेरो डान्स युनिभर्स’को संस्कृतिक समूह विधामा समेत प्रथियोगिता हुने बताउनुभयो । संस्कृतिक विधामा सहभागी हुन चहानेले एप मार्फत अडिसन दिएर फिल्ड अडिसनमा उपस्थित हुनुपर्ने बि.सीले बताउनुभयो । संस्कृतिक समूह विधाको विजेताले २० लाख रुपैयाँ, फस्ट रनरअपले १० लाख रुपैयाँ र सेकेण्ड रनरअपले ५ लाख रुपैयाँ पुरस्कार पाउने छन् । ‘मेरो भ्वाइस युनिभर्स’को निर्णायक मण्डलमा वरिष्ठ गायकहरू सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधान रहनुभएको छ ।

त्यस्तै ‘मेरो डान्स युनिभर्स’को निर्णायक मण्डलमा मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बि.सी, केकी अधिकारी, प्रियंका कार्की, र नरमान राई रहनुभएको इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका सचिव सुरेन शेर्माले जानकारी दिनुभयो । कार्यक्रममा इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका सदस्य सुस्मा राई, मिना राई, दमक सहयोगी नविन सेढाईंलगायतले पत्रकारको जिज्ञासाको जवाफ दिनुभएको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी तथा चलचित्र निर्माता राजेश घतानीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय