खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको तेस्रो जिल्ला अधिवेशन : अध्यक्षमा भण्डारी निर्वाचित

Share :

झापा । नयाँ कार्यसमिति चयन गर्दै खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल झापा शाखाको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । बिर्तामोडमा सम्पन्न तेस्रो जिल्ला अभिवेशनमा संस्थाका अध्यक्ष योगेन्द्रप्रसाद आचार्यले अध्यक्षको प्रतिवेदन र सचिव बाबुराम कार्कीले कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि खानेपानी डिभिजन कार्यालयका प्रमुख विकास काफ्लेले खानेपानी कार्यविधि निर्माण हुन नसक्दा खानेपानीको क्षेत्रमा काम गर्न समस्या देखिएको बताउँदै सबै खानेपानी उपभोक्ता समितिहरुको दर्ता स्थायी लेखा नम्बर (पान)मा गर्न आग्रह गर्नुभएको थियो ।

त्यस्तै खानेपानी अभियन्ता बिष्णुप्रसाद शिवाकोटी, पत्रकार माधव विद्रोही, कमल गाउँपालिकाकी स्थानीय महासंघ अध्यक्ष चन्दकला भण्डारी, बाह्दशी गाउँपालिकाका स्थानीय महासंघ अध्यक्ष रविन कार्कीलगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव बाबुराम कार्कीले गर्नुभएको थियो ।


खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल झापा शाखाका अध्यक्ष योगेन्द्रप्रसाद आचार्यको अध्यक्षता तथा खानेपानी डिभिजन कार्यालय झापाका प्रमुख विकास काफ्लेको प्रमुख आतिथ्य रहेको कार्यक्रममा उपाध्यक्ष उषा भण्डारीले स्वागतसहित संस्थाको बर्तमान अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

अध्यक्षमा उषा भण्डारी निर्वाचित :

अधिवेशनको बन्दसत्रबाट खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल झापा शाखाको अध्यक्षमा कमल गाउँपालिकाकी उषा भण्डारी निर्वाचित हुनुभएको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा गौरादह नगरपालिकाका बलबहादुर तामाङ, सचिवमा भद्रपुर नगरपालिकाका बाबुराम कार्की, सहसचिवमा कचनकवल गाउँपालिकाका खेमराज राजवंशी ,कोषाध्यक्षमा बुद्धशान्ति गाउँपालिकाकी मुना अधिकारी (दाहाल) निर्वाचित हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा अर्जुनधारा नगरपालिकाकी सुमनकुमारी राई, मेचीनगर नगरपालिकाकी दुर्गादेवी अधिकारी, झापा गाउँपालिकाका रुद्र बजगाई, बाह्रदशी गाउँपालिकाका तोयानाथ पोख्रेल, दमक नगरपालिकाकी मिना कोइराला र शिवसताक्षी नगरपालिकाका धनबहादुर थेवे निर्वाचित भएको खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल झापा शाखाका निर्वतमान अध्यक्ष योगेन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो ।

नयाँ कार्यसमिति चयनका लागि खानेपानि अभियन्ता बिष्णुप्रसाद शिवाकोटी संयोजक र पत्रकार माधव विद्रोही र कमल गाउँपालिकाकी स्थानीय महासंघ अध्यक्ष चन्दकला भण्डारी सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय