बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवस् किबीको तीनपानेदेखि दारको ठेकीसम्म

Share :

झापा । कृषि, पर्यटन तथा औद्योगिक क्षेत्रका आर्थिक गतिविधिलाई चलायमान बनाउन झापाको बिर्तामोडमा फागुन ५ गतेबाट ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव’सञ्चालित छ । महोत्सवमा बंगलादेश, पाकिस्तान र भारतका व्यवसायीहरुको समेत उल्लेख्य सहभागीता रहेको छ । फागुन १५ गतेसम्म सञ्चालन हुने महोत्सव बिर्तामोड नगरपालिका २ स्थित पूर्ब पश्चिम राजमार्गको रामचौक नजिकै सञ्चालित छ ।

महोत्सवमा दुई सयवटा स्टलहरु राखिएका छन् । जसमा नेपालमा उत्पादिक कृषिजन्य बस्तुको प्रर्दशनीले महोत्सवको रौनकता बढाएको छ । महोत्सवमा किबीको फलबाट बनाईएका बिभिन्न परिकार ९जुस, जाम, अचार, तीनपाने घरेलु मदिरा० देखि दारका ठेकीसम्म राखिएका छन् । ठेकी काठबाट बनेको परम्परागत नेपाली भाँडो हो । यो दही जमाउने, दही मथ्ने ९मोही पार्ने०, मोही अथवा दही राख्ने काममा प्रयोग गरिन्छ । ठेकी सामान्यतया दार अथवा देवदार नामको रूखको काठबाट बनाइन्छ ।

त्यस्तै महोत्सवमा अचारका विभिन्न परिकारहरु समेत राखिएको छ भने सुपारीका खपटाबाट दुनाटपरी, प्लेट, थाल, खण्डेथापा, बटुका, चम्चा आदि राखिएका छन् । जुसको परिकारमा किबीका छुट्टा छुट्टै जुस राखिएको छ भने लालिगुराँसको जुस समेत महोत्सवमा राखिएको छ । जुन महोत्सवका लागि आकर्षणको केन्द्र बनेको छ ।


पूर्बी पहाडमा उत्पादित कृषि जन्य बस्तुको प्रर्दशनीले महोत्सवको रौनकता बढाएको बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव अर्जुनकुमार मैनालीले बताउनुभयो । उहाँले भन्नुभयो – महोत्सवमा नेपालका कृषक र व्यवसायीहरुले उत्पादन गरेका विभिन्न समग्री राखिएको छ भने बंगलादेश, पाकिस्तान र भारतबाट आएका व्यवसायीहरुले समेत आफ्ना उत्पादनसहितका वस्तुको प्रर्दशनी र व्यापार गरिरहेका छन् ।

महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले बिर्तामोड नगरपालिकाले गत बर्ष वडागत रुपमा अचार बनाउने तालिम प्रदान ग¥यो । तालिममा वडा नम्वर १, ३ र ४ का महिलाहरुसमेत सहभागी भए । तालिममा सहभागी मध्येका सात जना महिलाहरुले गृहिणी लघू उद्योग सञ्चालन गर्ने प्रवन्ध मिलाए । नगरपालिकाले प्रदान गरेको अचार बनाउने सिप सिकिसकेपछि उनीहरुले अचारका विभिन्न परिकार बनाउन शुरु गरे । शुरुमा आठ दिनको मात्रै तालिम लिएका महिलाहरुले पछि थप एक महिनाको तालिम लिए । नगरपालिकाले प्रदान गरेको तालिम लिएका महिलाहरु मध्येका गृहिणी लघू उद्योगकी अध्यक्ष मैया बजगाई र कोषाध्याक्ष तारा उप्रेती सापकोटा महोत्सव स्थलमा रहेको स्टलमा सोमवार भेटिनुभयो । उहाँहरु महोत्सवमा आएकाहरुलाई अचार बिक्री गर्न व्यस्त हुनुहन्थ्यो भने उनीहरुलाई अचार बनाउने बिधिका विषयमा समेत जानकारी दिइरहनु भएको थियो । गृहिणी लघू उद्योगले उत्पादन गरेका बस्तुमध्ये धेरैले अकबरे खुर्सानीको अचार, अकबरे खुर्सानीको पेष्ट, मिक्सअचार९आँप, अदुवा,, लसुन, खुर्सानी र कागती०र तामाको अचार रुचाएको अध्यक्ष बजगाईले बताउनुभयो । वजगाई बिर्तामोड नगरपालिका – ४ निवासी हुनुहुन्छ । उहाँकै संयोजनमा महिलाहरुले अहिले महोत्सवमा स्थानीय अचारका परिकारहरु बिक्री गरिरहनु भएको छ ।

बिर्तामोड नगरपालिकाले गरिवी निवारणका लागि प्रदान गरेको लघू उद्यम तालिम महिलाहरुका लागि फलदायी बनेको र धेरै महिलाले घरमै लघु उद्यम सञ्चालन गर्दै स्वरोजगार बनेको गृहिणी लघू उद्योगकी कोषाध्यक्ष सापकोटाले बताउनुभयो । महोत्सवमा अर्जुनधारा ९ निवासी दिननाथ शिवाकोटीले शिब बाबा अचार तथा जुस उद्योगले उत्पादन गरेका विभिन्न सामग्रीहरु राख्नु भएको छ ।

उहाँले अचारका परिकार सहित जडीबुटी जन्य सामग्री राखेर महोत्सवमा आएका सहभागीहरुलाई बिक्री गरिरहनु भएको छ । उहाँ आफैंमा लघू उद्यम व्यवसाय कसरी सञ्चालन गर्ने भन्ने विषयमा प्रशिक्षण प्रदान गर्ने दक्ष प्रशिक्षक हुनुहुन्छ । उहाँ आफैं महोत्सवमा बसेर आएका सहभागीलाई लघू उद्यम सम्वन्धि जानकारी दिँदै आफ्ना उत्पादनहरु बिक्री गरिरहनु भएको छ । उहाँले विशेष गरी अचारका परिकार सहित सालधुप, केमिकल रहित अगरवत्ती र विभिन्न स्वास्थ्य वर्दक खानेकुरा बिक्री गरिरहनु भएको छ ।

यता अर्जुनधारा नगरपालिका २ बेलटारमा रहेको इनर्जी क्रप्स दुना टपरी उद्योगले सुपारीका खपटाबाट दुनाटपरी, प्लेट, थाल, खण्डेथापा, बटुका, चम्चा लगायतका सामग्री उत्पादन गर्दै बिक्री गरिरहेको छ । सुपारीका खेर जाने खवटालाई संकलन गर्दै त्यस्ता सामग्री तयार पारेर बिक्री गर्दै आएको इनर्जी क्रप्स उद्योगका सञ्चालक देवनारायण ढुङ्गाना बताउनुभयो ।

धनकुट्टाको महालक्ष्मी नगरपालिका ९ निवासी कृष्ण रसाइली घरेलू उत्पादन बिक्रीकै लागि बिर्तामोडमा सञ्चालित महोत्सवमा आउनु भएको छ । उहाँले पहाडी जिल्लामा पाइने दार र साज प्रजातिका रुखबाट तयार गरिएका ठेकी सहितका सामग्री महोत्सवमा प्रदर्शनीमा राखेर बिक्री गरिरहनु भएको छ । दारका ठेकी महोत्सवमा सहभागी मध्ये धेरैको रोजाइमा परेको छ । उहाँले दारका ठेकी मात्र होइन हर्पे, चिया खाने कप, पानी पिउनका लागि प्रयोग गर्न मिल्ने ग्लास, बटुका , तोङ्वाखान प्रयोग गरिने भाडो सहित सजावटका विभिन्न सामग्री प्रदर्शनीमा राख्नु भएको छ । जसमध्ये धेरैले दारका ठेकी किन्ने गरेको रसाइलीले बताउनुभयो ।

कुँदेका बुट्टावाल ठेकी धेरैले खरिद गरे उहाँले भन्नुभयो – सबै ठेकी दारका छन् अरु केही सामग्री साज र सिसौका पनि छन् । अधिकांश सजावटका सामग्री सिसौंका रहेको रसाइलीको भनाई छ । आफ्नो पुख्र्यौख्ली पेशालाई व्यवसायिकता दिएर पञ्चकञ्या घरेलू ठेकी,तोङ्वा एण्ड हेण्डीग्राफ्टका सामग्रीहरु तयार गर्दै आएको उहाँको भनाई छ । सुनका गरगहना राख्न प्रयोग गरिने बट्टा समेत बिक्रीका लागि राखिएको छ– रसाइलीले भन्नुभयो । आठ जनालाई आफूले रोजगारी दिएको र मासिक ५० हजार रुपैयाँ कमाई गर्दै आएको उहाँको भनाई छ । स्थानीय सिपलाई प्रवर्धन गर्दै वजारीकरण गर्न सके हरेक मानिस उद्यमी बन्ने उहाँको भनाई छ ।

यस्ता महोत्सवमा मात्र नभई अरु बेला समेत कृषक तथा व्यवसायीले उत्पादन गरेका सामग्री बजारीकरणका लागि सरकारले सहयोग पुर्याएर आर्थिक उपार्जनका लागि नेपालका केही पनि युवा धन कमाउन विदेशीनु नपर्ने उहाँको भनाई छ । मासिक ३ लाख रुपैयाँसम्मको सामगी आफूले बिक्री गर्दै आएको र त्यसबाट मासिक ५० हजार रुपैयाँ बचत गर्दै आएको रसाइलीको भनाईछ । रसाइलीले बिक्रीका लागि राखिएका ठेकी मध्ये एक कुरुवा जानेलाई दुई हजार र दश कुरुवा जानेलाई पाँच हजर रुपैयाँसम्म मूल्य पर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय