न्यु भिजन ग्रुप दक्षिण कोरियाद्वारा भगवति आ.वि. विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण

Share :

इलाम । न्यु भिजन ग्रुप दक्षिण कोरियाले इलामको भगवति आधारभुत विद्यालयमा अध्यनरत विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

“युवाहरुको एकता, नयाँ सोचको अवधारणा समृद्धिको चाहना” भन्ने मुल नाराका साथ सन्ं २०१७ मा दक्षिण कोरियामा स्थापना भएको ग्रुपले गत छुसकमा आयोजना गरेको नृत्य कार्यक्रमको उद्देश्य अनुरुप विद्यार्थीहरूलाई सहयोग गरेको हो ।

फाल्गुन ७ गते आईतबार प्रजातन्त्र दिवसको अवसर पारेर विद्यालयमा अध्यानरत छात्र–छात्राहरुलाई झोला, जमेट्री बक्स, पेन्सिल सेट, कपी, रंगपेन्सिल लगायतका शैक्षिक सामाग्री वितरण गरिएको हो ।


सूर्योदय नगरपालिका वडा नम्बर १ सानोवांगिनस्थित उक्त बिद्यालयलाई पहिलो चरण कार्यक्रम अन्तर्गत सहयोग गरिएको ग्रुपका सदस्य अजय शाह ठकुरीले जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छिरिङ शेर्पाको सभापतित्वमा भएको कार्यक्रममा सुनपा १ का वडासदस्य रोशन बुढाथोकीको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा संस्थाको तर्फबाट महासचिव आशिष शाहका बुबा राजेन कुमार शाह, बिद्यालयका पुर्व प्र.अ. याम बहादुर शाह, भोज बहादुर कटुवाल लगायत अन्य अतिथि तथा अभिभावकहरुको उपस्थिती थियो ।

विद्यालयका प्र.अ. निर्मल कटुवालले स्वागत गर्नुभएको कार्यक्रमको संञ्चालन राम तामाङले गर्नुभएको थियो ।

दक्षिण कोरियामा रोजगारीको शिलसिलामा रहेका नेपालीहरु आवद्ध ग्रुपले अन्य २ जिल्लाहरुमा पनि शैक्षिक सामाग्री वितरण गर्ने तयारी गरेको संस्थाका अध्यक्ष जीवन शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय