भद्रपुर झापा गोल्डकप : पहिलो खेलमा भद्रपुर ब्लेजर्स र भारतको जयगाँउ एफसी भिड्ने

Share :

भद्रपुर । भद्रपुरस्थित मेची रंगशालामा आइतबारदेखि अन्तराष्ट्रियस्तरको गोल्डकप प्रतियोगिता सुरु हुँदैछ । नेपाल, भारत, भुटान र बंगलादेश गरी १० वटा ‘ए’ डिभिजन क्लबको सहभागिता हुने अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ । शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक समितिका अध्यक्ष दीपेश ढकालले तयारी पूरा भएको जानकारी दिनुभयो ।

गोल्डकपको उद्घाटन खेल आयोजक भद्रपुर ब्लेजर्स र भारतको जयगाँउ फुटबल क्लबबीच खेल हुने छ । गोल्डकपको विजेताले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र फाइनल खेलको पहिलो गोलकर्तालाई नगद २५ हजार प्रदान गरिनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २० हजार रुपैयाँ दिइने आयोजक समितिका उपाध्यक्ष आदित्य पराजुलीले जानकारी दिनुभयो । गोल्डकप सञ्चालनका लागि करिब डेढ करोड खर्च हुने अनुमान गरिएको छ ।


फागुन १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक भद्रपुर ब्लेजर्ससहित विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपीएफ, मच्छिन्द्र, चर्च ब्वाइज, संकटा क्लब सहभागी हुनेछ । विदेशी टिमहरू जयगाँउ भारत, डुक ल्हासुल भुटान र काउर्न बाजार प्रगति संघ एफसी बंगलादेशको सहभागिता रहने आयोजक समितिका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

मेची रंगशालामा वि.सं. २०६१ सालमा भएको त्रिभुवन गोल्डकप यता कुनै पनि ठुला प्रतियोगिता भएको थिएन । अहिले दैनिक २० हजार दर्शन अटाउने गरी स्थायी प्याराफिट र अस्थायी बाँसे प्याराफिट निर्माण गरिएको छ । नगर क्षेत्रका विद्यार्थी, ज्येष्ठ नागरिक, अशक्तले निःशुल्क गोल्डकप हेर्न पाउनेछन् ।

प्रतियोगिताको उद्घाटन उपप्रधान एवम् ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री राजेन्द्रप्रसाद लिङ्देनले गर्नुहुनेछ । गोल्डकप संचालनकालागि मेची रंगशालालाई मर्मत सम्भार र रंगरोगन गरी नयाँ बेहुली झैँ सिँगारिएको छ ।

पत्रकार सम्मेलनमार्फत आयोजक समितिले भद्रपुर ब्लेजर्सको जर्सी र ट्रयाक सुट सार्वजनिक गर्दै मुख्य प्रशिक्षक हरि खड्कालाई हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
1
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय