बजेट कटौतिले अर्थतन्त्र धरासायी बन्ने संकेत -सभामुख घिमिरे

Share :

बिर्तामोड । सभामुख देवराज घिमिरेले सरकार र नीजि क्षेत्र दुवै मिलेर चुनौतिहरूको सामना गर्नु पर्ने बताउनु भएको छ । झापाको बिर्तामोडमा अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गदै सभामुख घिमिरेले आर्थिक रूपमा देश समृद्ध बनाउनका लागि सरकार र नीजि क्षेत्र दुवै मिलेर चुनौतिहरूको सामना गर्नु पर्ने धारणा राख्नुभयो ।

उहाँले देशको अर्थतन्त्र संकटमा पर्दै गएको र सभामुखको तर्फबाट संसदमा आर्थिक अवस्था सुधारका लागि भूमिका निर्वाह गर्ने बताउनुभयो । बिर्तामोड उद्योग वाणिज्य संघले महोत्सवको आयोजना गरेर आर्थिक अवस्थालाई चलायमान बनाउन भूमिका निर्वाह गरेको भन्दै सभामुख घिमिरेले प्रशंसा व्यक्त गर्नुभयो ।


उहाँले झापाका पर्यटकीय क्षेत्रको विकासका लागि पनि वाणिज्य संघले भूमिका खेल्ने विश्वास ब्यक्त गर्दै आफ्नो तर्फबाट सदैब सहयोग गर्ने बताउनुभयो । बजेटको २० प्रतिशत बजेट कटौति गर्न अर्थ मन्त्रालयले पत्रचार गरेको अवस्थाले मुलुकको अर्थतन्त्र धरासायी बन्ने संकेत गरेको भन्दै सभामुख घिमिरेले अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्र एक जुट भएर अघि बढ्नु पर्ने धारणा राख्नुभयो ।

उहाँले महोत्सव सफल बनाउन निजी क्षेत्र स्थानीय, प्रदेश र संघीय सरकारका साथै राजनीतिक दलको भूमिका महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय