गृहनगर अर्जुनधारामा सभामुख घिमिरे र उपसभामुख राना सम्मानित

Share :

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले नवनिर्वाचित सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगरलाई सम्मान गरेको छ ।

सभामुख घिमिरे अर्जुनधारा नगरपालिका वडा नम्बर ६ र उपसभामुख राना वडा नम्बर ११ निवासी हुनुहुन्छ । दुबै जनालाई एक समारोहका बिच गृह नगर अर्जुनधाराले सम्मान गरेको हो ।


सभामुख घिमिरे र उपसभामुख रानालाई सम्मानपत्र सहित नगर प्रमुख बलदेव गोम्देन, उपप्रमुख खड्गमाया पराजुली र प्रमुख प्रशासकीय अधिकृत गिता राईले सम्मान गर्नुभयो । सम्मानित ब्यक्तित्वको बारेमा निवर्तमान प्रदेशसभा सदस्य बृख प्रधानले प्रकाश पार्नुभएको थियो।

सम्मान पस्चात कार्यक्रममा उपसभामुख र सभामुखले मन्तब्य राख्नुभएको थियो । सम्मान कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, समाजिक संघ सस्थाका प्रतिनिधि, जनप्रतिनिधि सहित नगरबासीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय