सभामुख घिमिरे र उपसभामुख रानालाई गृहजिल्लामा सम्मान

Share :

झापा । सभामुख र उपसभामुखलाई गृहजिल्लामा एकै साथ सम्मान गरिएको छ । सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरलाई आज बिर्तामोड नगरपालिकाले सम्मान गरेको हो । एउटै जिल्ला र एउटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाको सभामुख र उपसभामुखजस्तो गरिमामय पदमा पुग्न सफल भएको भन्दै विर्तामोड नगरपालिकाले उहाँहरु दुवै जनालाई सम्मान गरेको हो ।

 

सम्मान ग्रहणपछि बोल्दै सभामुख घिमिरेले राजनीतिक विसंगतिविरुद्ध आफू एम्पायरको भूमिका रहने दावी गर्नु भएको छ । उहाँले जसरी खेललाई सही ढंगले खेलाउन एम्पायरको भूमिका महत्वपूर्ण हुन्छ, त्यसरी नै राजनीतिक विसंगतिलाई हटाएर संसदलाई सही ढंगले चलाउन आफू एम्पायरको भूमिका रहने बताउनुभयो । त्यस्तै, कार्यक्रममा उपसभामुख इन्दिरा रानामगरले देशको राजनीतिक अवस्था नाजुक भएकाले आफू सामाजिक जीवनबाट राजनीतिमा प्रवेश गरेको बताउनुभयो ।


कार्यक्रमा संविधान सभा सदस्य सुधिरकुमार शिवाकोटीले मुलुकमा नयाँ परिस्थिति सिर्जना भएकाले सभामुख र उपसभामुखको भूमिका महत्वपूर्ण हुने सोही अनुरुप अघि बढ्नुपर्नेमा जोड दिनुभयो । प्रदेशसभा सदस्य एकराज कार्कीले महँगी र ब्याजका कारण सबै क्षेत्र आक्रान्त भएकाले यस विषयमा सरकारले विशेष कदम चाल्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासंघ झापा लगायतका विभिन्न पालिका एवम् संघ–संस्थाहरुले सभामुख र उपसभामुखलाई सम्मान गरेको थियो । बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईंले स्थानीय समस्या र आवश्यकताका बारेमा सभामुख र उपसभामुखद्वयलाई अवगत गराउनु भएको थियो ।

बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौलाले स्वागत गरेको कार्यक्रममा सम्मानित सभामुख घिमिरे र उपसभामुख रानाको सम्मान पत्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले बाचन गरेको कार्यक्रमको सञ्चालन योजना अधिकृत जय तिम्सिनाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय