सनलाईटको २६ औं वार्षिकोत्सव : पुष्पनसहित ३ पूर्व विद्यार्थी सम्मानित

Share :

बिर्तामोड । सनलाईट म्यूजिक स्टुडियो एण्ड स्कूलको २६ औं वार्षिकोत्सव सम्पन्न भएको छ । झापाको बिर्तामोड–५ संगीत मार्गमा रहेको सनलाईट म्यूजिक स्टुडियो एण्ड स्कूलले बुधबार बिर्तामोडको वान स्टप मलमा बिविध कार्यक्रमकाबिच वार्षिकोत्सव मनाएको हो ।

सनलाईट म्यूजिक स्टुडियो एण्ड स्कूलका संस्थापक तथा बरिष्ठ संगीत प्रशिक्षक कृष्ण योञ्जन तामाङको अध्यक्षता तथा प्रदेश नं. १ की प्रदेश सभा उपसभामुख सृजना दनुवारको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सनलाईट म्यूजिक स्टुडियो एण्ड स्कूलकी संस्थापक तथा म्यूजिक एरेन्जर हेमा भण्डारी योञ्जनले स्वागत गर्नुभएको थियो ।

वार्षिकोत्सवको अवसरमा सनलाईट म्यूजिक स्टुडियो एण्ड स्कूलका पूर्व विद्यार्थीहरु गायक पुष्पन प्रधान, द भ्वाइस अफ नेपालकी उपविजेता सविना योङहाङ, चौथो एपिक नेपाल म्यूजिक अवार्ड २०७९ को विजेता डा. सुदिप भट्टराईलाई सम्मान गरिएको थियो ।


उनीहरुलाई प्रमुख अतिथि दनुवार, वरिष्ठ गीतकार शिवशंकर थापा, बरिष्ठ संगीत प्रशिक्षक कृष्ण योञ्जन,  कञ्चनजंघा एफएमका प्रवन्ध निर्देशक चन्द्र भण्डारी, संगितकार जेवी थुलुङ, चलचित्र निर्देशक लाखमान योञ्जन, टंक योञ्जनलगायतले सम्मान पत्र, दोसल्लाले सम्मान गर्नुभएको थियो ।

सोही कार्यक्रममा सनलाईट म्यूजिक स्टुडियो एण्ड स्कूलका संस्थापक तथा बरिष्ठ संगीत प्रशिक्षक कृष्ण योञ्जन तामाङले आफ्ना बुबा धनमान तामाङ र आमा बुद्धमाया तामाङको स्मृतीमा ५ लाख रुपैयाँको अक्षयकोषको घोषणा गरी स्थापना गरेको “धनमान बुद्धमाया प्रतिभा पुरस्कार” को औपचारिक रुपमा घोषणा गरिएको थियो ।

अक्षयकोषबाट प्राप्त हुने रकमले प्रत्येक बर्ष दुई जना उत्कृष्ट संगीतकर्मीलाई पुरस्कृत गरिने, दुई जना प्रशिक्षार्थीलाई निःशुल्क संगीत सिकाउने व्यवस्था गरिने सनलाईट म्यूजिक स्टुडियो एण्ड स्कूलका संस्थापक तथा बरिष्ठ संगीत प्रशिक्षक कृष्ण योञ्जन तामाङले जानकारी दिनुभयो ।

कार्यक्रममा पुष्पन अनि सारथी म्यूजिकल इण्डो नेपाल टुरको बिर्तामोडबाट शुभारम्भ गरिएको थियो ।
कार्यक्रममा सनलाईट म्यूजिक स्टुडियो एण्ड स्कूलका पूर्व विद्यार्थीहरु गायक पुष्पन प्रधान, द भ्वाइस अफ नेपालकी उपविजेता सविना योङहाङ, चौथो एपिक नेपाल म्यूजिक अवार्ड २०७९ को विजेता डा. सुदिप भट्टराई, गायिका मुन प्रसाईलगायतले साँगीतिक प्रस्तुति दिनुभएको थियो ।

सनलाईट म्यूजिक स्टुडियो एण्ड स्कूलका विद्यार्थीहरुले गीत ,नृत्य प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन कलाकार तथा निर्माता राजेश घतानी र साहित्यकार सुनिता तामाङले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
1
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय