विश्व कृष्ठरोग दिवसको अवसरमा पत्रकार र बिर्तामोड नगर कर्मचारीबिच मैत्रीपुर्ण फुटबल

Share :

बिर्तामोड । कृष्ठरोग विरुद्ध जनचेताना फैलाउने उद्देश्यले बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले मैत्रीपूर्ण फुटवलको आयोजना गरेको छ । ७० औं विश्व कृष्ठरोग दिवसको अवसरमा नेपाल कुष्ठरोग संगति (NLF) झापाको सहयोगमा स्वास्थ्य शाखाले बुधबार कर्मचारी र पत्रकारबीच नगरस्तरिय मैत्रीपूर्ण फुटबल खेलको आयोजना गरेको हो ।

डोमालाल राजवंशी रंगशालामा नगरपालिकाका कर्मचारी र पत्रकारबीच भएको मैत्रीपूर्ण फुटवलमा कर्मचारी विजयी भएका छन् ।

खेलमा निर्धारित ५० मिनेटको खेल ३-३ गोलको बराबरीमा सकिएपछि नतिजाकालागी टाईब्रेकर भएको थियो ।टाईब्रेकरमा ३-२ गोल अन्तरले विर्तामोड नगरपालिकाका कर्मचारी विजयी भएको हो । विजेता र उपविजेता टोलिका खेलाडीहरुलाई मेडल बितरण गरिएको थियो ।


नगर प्रमुख पवित्रा महतारा प्रसाईले मुख्य रेफ्री र खेलाडीहरुलाई फुटबल हस्तान्तरण गरेर खेलको उद्घाटन गर्नु भएको थियो ।

कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौं भन्ने मुख्य नाराका साथ मनाईएको यस वर्षको कुष्ठरोग दिवसका अवसरमा नगरपालिकाले विभिन्न सचेतनामुलक कार्यक्रमसंगै फुटवल खेलकोसमेत आयोजना गरेको नगरका स्वास्थ्य शाखा प्रमुख राजिव विष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
3
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय