बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवको तयारी अन्तिम चरणमा

Share :

बिर्तामोड । झापामा फगुन ५ देखि १५ गतेसम्म बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव आयोजना हुँदैछ । महोत्सव बिर्तामोड २ स्थित प्रभुराम चौक उत्तर खुल्ला मैदानमा सञ्चालन हुनेछ ।

अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवको बारेमा जानकारी गराउन आज आयोजित पत्रकार सम्मेलनमा हालसम्म एक सय ५० वटा स्टल बुक भइसकेको महोत्सव आयोजक समितिले जनाएको छ । महोत्सवमा दुई सय स्टलहरु रहने बताइएको छ ।

महोत्सवमा तीन लाख दर्शकले अवलोकन गर्ने आयोजक समितिको अपेक्षा छ । झण्डै ४५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने महोत्सव मूल आयोजक समितिका संयोजक राजु न्यौपानेले बताउनुभयो ।


महोत्सवलाई चार भागमा विभाजन गरिएको छ । प्रर्दशनी तथा विक्री कक्ष, सांस्कृतिक तथा साङ्गितिक क्षेत्र, वाल उद्यम तथा मनोरञ्जन क्षेत्र र खानपिन क्षेत्र छुट्याइएको महोत्सव मूल आयोजक समितिका सचिव कुशल खतिवडाले बताउनुभयो ।

बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन कुमार मैनालीले प्रदेश १ को कृषि, पर्यटन एवम् औद्योगिक दृष्टिकोणले समेत विकसित र सुगम स्थलका रुपमा रहेको बिर्तामोडमा शुरु हुन लागेको महोत्सवले कृषि र पर्यटनका साथै औद्योगिक क्षेत्रमा आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुग्ने बताउनुभयो ।

महोत्सवमा अन्तराष्ट्रिय औद्योगिक उपकरण, कृषि तथा जडिबुटी, पर्यटन, दैनिक उपभोग्य वस्तुहरु, हस्तकला तथा तयारी पोशाक, प्रर्दशनमा रहने बताइएको छ । महोत्सवमा बंगलादेश, पाकिस्तान र भारतका व्यवसायीहरुको समेत सहभागीता रहने बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले बताउनुभयो ।

महोत्सवलाई सभ्य र भब्य बनाउन सबै तयारी गरिएको बताइएको छ । महोत्सवको उद्घाटनमा सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्य रहने बताइएको छ । महोत्सवलाई एनसेल एक्सिएटा लिमिटेडले मुख्य प्रायोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय