दुर्गा प्रसाईले थालेको ‘महाअभियान’ को पूर्वराजा ज्ञानेन्द्रारा शुभारम्भ

Share :

झापा । नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाद प्रसाईंले पूर्वराजपरिवारका सदस्यहरुको उपस्थितिमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउने महाअभियान’ को शुभारम्भ गर्नुभएको छ ।

सोमबार झापामा आयोजित एक समारोहका बीच प्रसाईंले अभियानको शुभारम्भ गर्नुभएको हो । प्रसाईँले आफूले सुरु गरेको महाअभियान पार्टीभन्दा माथि देशको रक्षाका लागि भएको बताउनु भएको छ ।

सामाजिक सञ्जालमार्फत एक अपिल जारी गर्दै प्रसाईँले देशको माटोलाई छातीमा राखेर अभियान सुरु गरिएको भन्दै यो कुनै पार्टी र व्यक्ति विरुद्धको महाअभियान नभएको स्पष्ट पार्नु भएको छ।


अभियानका लागि भन्दै उनले प्रधानमन्त्री प्रचण्डसहित, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित विभिन्न दलका नेताहरूलाई निमन्त्रणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय