यू–१८ फुटबलको उपाधि अर्जुनधारा–६ लाई

Share :

अर्जुनधारा । अर्जुनधारामा सम्पन्न प्रथम यू–१८ वडास्तरिय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ६ ले जितेको छ । शनिश्चरे फुटबल क्लबको आयोजनामा सम्पन्न भएको प्रतियोगिताको फाइनल खेलमा आज अर्जुनधारा वडा नम्बर १ लाई ४–३ गोल अन्तरले पराजित गर्दै अर्जुनधारा–६ले उपाधि जितेको हो ।

अर्जुनधारा–६ लाई जित दिलाउन खेलको १०औं मिनेटमा सुजन गौतम, ३३औं मिनेटमा ईश्वर मेच, ५२औं मिनेटमा रोहन मेचे र ५८औं मिनेटमा उपेन राईले गोल गरेका थिए । उपविजेता बनेको अर्जुनधारा–१का लागि खेलको ३९औं मिनेटमा सविन योङहाङ, खेलको ४७औं मिनेटमा सुनिल लोहार र अतिरिक्त्त समयमा पुनःसविन योङहाङले गोल गरेका थिए ।

उपविजेता अर्जुनधारा–१

प्रतियोगिताको उत्कृष्ट खेलाडी अर्जुनधारा–१ का प्रविन विश्वकर्मा, बेस्ट गोलकिप्पर अर्जुनधारा –६का अनिल दनुवार, बेस्ट डिफेन्स अर्जुनधारा–१ का सुनिल लोहार, बेस्ट मिडफिल्डर अर्जुनधारा–६का सुजन गौतम, बेस्ट फरवार्ड अर्जुनधारा–१ गणेश गजमेर बने । त्यस्तै फेयर प्ले टिम अर्जुनधारा–३ र फाइनल खेलको म्यान अफ दी म्याच अर्जुनधारा–१ का सविन योङहाङ भए ।


विजेता अर्जुनधारा-६

प्रतियोगिताको विजेता टिमले नगद पुरस्कार ३० हजार र उपविजेता हुने टिमले २० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरे । उनिहरुलाई आयोजक समितिका संयोजक सुरेन राई, प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ‘मामा’, शनिश्चरे प्रहरी चौकीका इञ्चार्ज वरिष्ठ सई कुमार ढकाललगायतले पुरस्कारहरु वितरण गर्नुभएको थियो ।

पूर्व खेलाडी सम्मान :

कार्यक्रममा पूर्व फुटबल खेलाडीहरु गौरीशंकर श्रेष्ठ, टिका पोखरेल, दीपेन्द्र ढकाल, प्रशन्न श्रेष्ठ, भरत बुढाथोकी, रोहीत श्रेष्ठ र लोकबहादुर मगरलाई सम्मान पत्रसहित सम्मानित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
4
+1
1
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय