यु-१८ फुटबलको फाइनलमा अर्जुनधारा १ र ६ भिड्ने

Share :

अर्जुनधारा । शनिश्चरे फुटबल क्लबको आयोजनामा झापाको अर्जुनधारामा जारी प्रथम यू–१८ वडास्तरिय फुटबल प्रतियोगिताको उपाधिका लागि अर्जुनधारा–१ र अर्जुनधारा–६ले प्रतिस्पर्धा गर्ने भएको छ ।

अर्जुनधारा–७स्थित अर्जुनधारा खेलमैदानमा शनिबार सम्पन्न अन्तिम सेमीफाइनल खेलमा अर्जुनधारा–७लाई १–२ गोल अन्तरले पराजित गर्दै अर्जुनधारा–१ ले उपाधिका लागि अर्जुनधारा–६सँग प्रतिस्पर्धा गर्ने पक्का भएको हो ।

गत शुक्रबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा अर्जुनधारा–६लाई पराजित गरेको अर्जुनधारा–८ कार्वाहीमा परेपछि अर्जुनधारा–६ फाइनलमा पुगेको हो । उमेर समूहभन्दा बढीको एक जना खेलाडीलाई खेलमा सहभागी गराएको पुष्टी भएपछि शनिबार सम्पन्न आयोजक समितिको बैठकले अर्जुनधारा–८लाई कार्वाही गर्ने निर्णय गरेको बताइएको छ ।


आजको खेलमा अर्जुनधारा–१को जीतका लागि खेलको चौथो र ४९औं मिनेटमा युगल राई र गणेश गजमेरले १–१ गोल गरेका थिए । त्यसैगरी पराजित टिमका लागि खेलको ५५औं मिनेटमा दलबहादुर अधिकारीले एक गोल गरेका थिए । खेलका उत्कृष्ट खेलाडी विजयी टिमका खेलाडी सविन योङहाङलाई सामाजिक व्यक्तित्व सुरेन्द्र धिमालले एक जोर बुट हस्तान्तरण गर्नुभएको थियो ।

प्रतियोगिताको फाइनल खेल भोलि(आइतबार) दिँउसो ३ बजे हुने प्रतियोगिता आयोजक समितिका सचिव पेमा तामाङले जानकारी दिनुभयो । प्रतियोगिताको विजेता र उपविजेता हुने टिमले नगद पुरस्कार ३० हजार र २० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
7
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय