अर्जुनधारा–८ (यु–१८) फुटबलको फाइनलमा प्रवेश

Share :

अर्जुनधारा।अर्जुनधारा–८ अर्जुनधारा नगरपालिकामा जारी वडास्तरीय १८ वर्षभन्दा कम उमेर समुहको (यु–१८) फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा अर्जुनधारा वडा नम्बर ६ लाई ३–२ गोल अन्तरले पराजित गर्दै अर्जुनधारा वडा नम्बर ८ फाइनल प्रवेश गरेको हो ।

खेलको १३ औ मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै अर्जुनधारा–८ का लागि कप्तान निखिल तामाङले पहिलो गोल गरेका थिए । २५ औ मिनेटमा अर्जुनधारा–८ का खेलाडीले फल्ड गरेपछि पाएको पेनाल्टीको अवसरलाई अर्जुनधारा–६ का खेलाडी इश्वर मेचेले गरेको प्राहार गोल भएपछि खेल बराबरीमा फर्कीएको थियो ।


त्यसपछि ३५ औं मिनेटमा कप्तान निखिल तामाङले फ्रि–किक प्राहार मार्फत दोस्रो गोल गरेपछि खेलमा अर्जुनधारा–८ ले पुनःअग्रता बनाएको थियो । ३७ औं मिनेटमा समिर हेमरनले थप एक गोल गरेपछि अर्जुनधारा–८ ले खेलमा ३–१ को अग्रता बनायो ।

६४ औं मिनेटमा अर्जुनधारा–८ का खेलाडी डेनियल हेमरनले गोल पोष्टमा विपक्षीले गरेको प्राहारलाई हातले बचाउ गरेपछि रेड–कार्ड पाएर मैदान बाहिरीएका थिए । हेमरनले फल्ड गरेपछि अर्जुनधारा–६ ले पुनः पेनाल्टीको अवसर पाएको थियो । इश्वर मेचेले गरेको पेनाल्टी प्राहार गोलमा परिणत भएपछि खेल ३–२ गोल अन्तरमा फर्कीएको थियो ।

त्यसपछि अर्जुनधारा–६ ले गोल गर्ने लगातार प्रयास गरेपनि सफल हुन् सकेन् । यो हारसंगै अर्जुनधारा–६ प्रतियोगिताबाट बाहिरीएको छ । फइनलमा प्रवेश गरेको अर्जुनधारा–८ ले भोलि हुने अर्जुनधारा–१ र अर्जुनधारा–७ बिचको खेलमा विजयी हुने टिमसंग २९ गते उपाधिकालागि प्रतिस्पर्धा गर्नेछ ।

आजको खेलमा विजयी टिमका समिर हेमरन ‘म्यान अफ दि म्याच’ चुनिए । उनलाई अर्जुनधारा–८ का वडाध्यक्ष कुमार उप्रेतीले एक जोर बुट हस्तान्तरण गर्नुभएको थियो ।

शनिश्चरे फुटबल क्लबको आयोजना र अर्जुनधारा नगरपालिकाको ७ र ८ नम्बर वडा कार्यालयको संयोजनमा भइरहेको प्रतियोगिता माघ २९ गतेसम्म चल्ने छ । खेलाडी उत्पादन र छनोट गर्ने उदेश्यकासाथ जारी प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले नगद २० हजारसहित ट्रफी पाउने छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
1
+1
7
+1
0
+1
2
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय