धार्मिक पर्यटन विकास गर्न दुहागढीमा गुम्बा निर्माण हुने

Share :

मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१३स्थित दुहागढी क्षेत्रलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले गुम्बा निर्माण हुने भएको छ ।

गुम्बा निर्माणका अभियन्ता एवम् जग्गादाता छिरीङ शेर्पाको अध्यक्षतामा बिहीबार आयोजित आयु अभिषेक एवम् शिलान्यास कार्यक्रममा गुम्बा निर्माण स्थलको भूमिपुजन गरिएको थियो ।


एक विगाहा क्षेत्रफलमा निर्माण हुने गुम्बा लामा गुरु हिसेस साङपो रिम्पोछे, खान्डो पेमा छिडोन रिम्पोछेलगायतको सहयोगमा निर्माण हुने स्थानीय फूर्वा लामाले जानकारी दिनुभयो ।

उक्त गुम्बा निर्माण गर्न जग्गादाता शेर्पाले १० कठ्ठा जग्गा निःशुल्क प्रदान गर्नुभएको छ । कार्यक्रममा प्रदेश नं.१का प्रदेशसभा सदस्य गोपाल तामाङ, मेचीनगरका प्रमुख गोपालचन्द्र बुढाथोकी, निवर्तमान प्रमुख बिमल आचार्यलगायतले मन्तव्यको क्रममा गुम्बा निर्माण कार्यको प्रशंसा गर्नुभएको थियो ।

कार्यक्रममा लामा गुरु हिसेस साङपो रिम्पोछेबाट सहभागीहरुलाई आर्शिवचन दिइएको थियो । पाल्युल देछेन छोलिङ गुम्बाका पूर्व अध्यक्ष भक्त ग्लान तामाङले कार्यक्रमको औचित्यसहित स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन पत्रकार तिलक योञ्जनले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
2
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय