अर्जुनधारा–७ (यु–१८) फुटबलको सेमिफाइनलमा प्रवेश

Share :

अर्जुनधारा । अर्जुनधारा वडा नम्बर ७ अर्जुनधारा नगरपालिकामा जारी वडास्तरीय १८ वर्षभन्दा कम उमेर समुहकोे (यु–१८) फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत आज भएको अन्तिम क्वाटरफाइनल खेलमा अर्जुनधारा वडा नम्बर ३ लाई टाईब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै अर्जुनधारा–७ सेमिफाइनल प्रवेश गरेको हो ।

निर्धारित समयमा दुवै टिमबाट १–१ गोल बराबरीमा खेल सम्पन्न भएपछि खेलको निर्णय टाईब्रेकरबाट भएको थियो । बराबरी भएको खेलमा पहिलो गोल अर्जुनधारा–३ ले गरेको थियो । उसकालागि पहिलो हाफको १७ औं मिनेटमा पाएको पेनाल्टिको सदुपयोग गर्दै कप्तान प्रतिक कन्दङवाले गोल गरेका थिए ।

डि–बक्स एरियामा कप्तान कन्दङवालाई अर्जुनधारा–७का खेलाडी पदम अधिकारीले लडाएपछि अर्जुनधारा–३ ले पेनाल्टि प्राहारको अवसर पाएको थियो । अर्जुनधारा–७ कालागि भने दोस्रो हाफको पहिलो मिनेटमा सुसान लिम्बुले गोल गरेका थिए ।


आजको खेलमा विजयी टिमका गोलरक्षक लक्ष्मण दर्जी ‘म्यान अफ दि म्याच’ चुनिए । उनलाई अर्जुनधारा–३का वडाध्यक्ष सीताराम भट्टराईले एक जोर बुट हस्तान्तरण गर्नुभएको थियो ।

प्रतियोगितामा भोलि(शुक्रबार)बाट सेमिफाइनलका खेलहरु हुनेछन् । पहिलो सेमिफाइनल खेल अर्जुनधारा–६ र अर्जुनधारा–८ बिच हुने प्रतियोगिता आयोजक समितिका सचिव पेमा तामाङले जानकारी दिनुभयो ।

शनिश्चरे फुटबल क्लबको आयोजना र अर्जुनधारा नगरपालिकाको ७ र ८ नम्बर वडा कार्यालयको संयोजनमा भइरहेको प्रतियोगिता माघ २९ गतेसम्म चल्ने छ । खेलाडी उत्पादन र छनोट गर्ने उदेश्यकासाथ जारी प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले नगद २० हजारसहित ट्रफी पाउने छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
3
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय