सप्तरीमा भारतीयले गोली चलाउँदा एकजना घाइते

Share :

सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१३ गोबरगाढामा गोली चलेको छ । बुधबार साँझ नेपाल प्रवेश गरेका भारतीय नागरिकले गोली प्रहार गरेका हुन् ।

प्रहरीका अनुसार उनीहरुले ५–६ राउन्ड गोली फायरिङ गरेको बताइएको छ । छर्रा लागेर स्थानीय महेन्द्र पासमान घाइते भएका छन्

सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्र कार्कीले पासवानमाथि भारतीय नागरिकले गोली प्रहार गरेको जानकारी दिनुभयो । उहाँले भारतीय जाबेद भन्ने व्यक्तिले गोली हानेको र उनको खोजीमा प्रहरी लागिसकेको बताउनुभयो ।


घटनास्थल गोबरगाढा गाउँ कोशीको मध्यभागमा पर्छ । उक्त गाउँ भारतीय सिमासँग जोडिएको छ । त्यहाँ पटक-पटक भैंसी चोरी भएको छ । चोरीको आरोपमा एक भारतीयलाई गोबरगाढाबासीले नियन्त्रणमा लिएपछि गोली प्रहार गरिएको बुझिएको छ।

गोबरगाढामा भारतीयहरु आएर गोली प्रहार गरेको सूचना आएको र त्यसतर्फ नेपाल तथा सशस्त्र प्रहरी परिचालित भइसकेको सशस्त्र प्रहरी बल गण नम्बर ६ राजविराजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय