टर्की र सिरियामा भूकम्पमा परेर हराइ रहेकाहरूको खोजी तथा उद्धार जारी

Share :

एजेन्सी । टर्की र सिरियामा गत सोमबार गएको भूकम्पमा परेर हराइ रहेकाहरूको खोजी तथा उद्धार जारी रहेको छ ।

सो क्षेत्रमा विश्वका विभिन्न मुलुकबाट सहायता सामग्री र उद्धारकर्मीहरु पुग्ने क्रम जारी रहेको छ । भूकम्पका कारण क्षतिग्रस्त भग्नावशेषहरु पन्छाएर च्यापिएकाहरुको शव निकाल्ने क्रम जारी रहेको छ ।

तर, उद्धारमा खटिएका विभिन्न देशका स्वयंसेवकहरू क्षतिग्रस्त संरचनाभित्र पुरिएकाहरूको जिवितै उद्धार गर्ने सम्भावना क्षीण हुँदै गएको बताएका छन् । भूकम्पमा परेर हालसम्म १२ हजार भन्दा बढीको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

खोजी तथा उद्धार जारी रहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भूकम्पले क्षति पुर्‍याएका क्षेत्रको भ्रमण गर्नुभएको छ । सो क्रममा उहाँले भग्नावशेषमा फसेकाहरूको तत्काल उद्धार गर्न सरोकारवालाहरूलाई निर्देशन पनि दिनुभयो ।


सोमबार गएको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पका कारण भएको क्षतिको विवरण आउन भने अझै केही समय लाग्ने बताइएको छ । सरकारको क्षमता अभावका कारण महामारीमासमेत सरकारले प्रभावकारी रूपमा उद्धारको काम गर्न नसकेको भन्दै पीडितहरूले सरकारको आलोचना गरेका छन् ।

विगत १० वर्ष भन्दा लामो समयदेखि गृहयुद्धमा रहेको टर्कीमा प्रकोप व्यवस्थापन र पूर्व सावधानीका लागि पूर्वाधार नै तयार नभएको भन्दै सर्वसाधारणले आक्रोश व्यक्त गरेका छन् ।

यसैबीच, उद्धार गरिएका भूकम्प पीडितहरूलाई थप मानविय सहायता आवश्यक परेको भन्दी ती मुलुकहरूले सहयोगका लागि विश्व समुदायसँग अपिल गरेका छन् ।

चिसो मौसमका कारण पीडितहरू बिरामी पर्न थालेकाले थप सहयोगको अपिल गरिएको हो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय