९ नम्बर वडालाई पराजित गर्दै अर्जुनधारा–६ सेमिफाइनलमा प्रवेश

Share :

अर्जुनधारा । अर्जुनधारा वडा नम्बर ६ अर्जुनधारा नगरपालिकामा जारी वडास्तरीय १८ वर्षभन्दा कम उमेर समुहकोे (यु–१८) फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत आज भएको तेस्रो क्वाटरफाइनल खेलमा अर्जुनधारा वडा नम्बर ९ लाई ३–१ गोल अन्तरले पराजित गर्दै अर्जुनधारा–६ सेमिफाइनल प्रवेश गरेको हो ।

वडा नम्बर ६ का लागि खेल सुरु भएको १० मिनेटमा इश्वर मेचेले पहिलो गोल गरेका थिए । उनले ९ नम्बर वडाका खेलाडी सुमन गिरीले डि–बक्स एरियामा हातले बल प्रहार गरेपछि पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै गोल गरेका थिए । ६ नम्बर वडाकालागि ३५ औं मिनेटमा सुजन गौतमले दोस्रो गोल गरे । उनले ३५ यार्डबाट गरेको लामो प्रहार गोलमा परिणत भएको थियो । त्यस्तै ६ नम्बर वडाकालागि ६२ औ मिनेटमा इश्वर मेचेले व्यक्तिगत दोस्रो र टिमकालागि तेस्रो गोल गरेका थिए ।


९ नम्बर वडाकालागि भने एक मात्रै गोल कृष्ण भुजेलले गरेका थिए । विपक्षीले पेनाल्टी मार्फत अग्रता लिएपछि उनले १ मिनेट बित्न नपाउँदै पहिलो हाफको ११ औं मिनेटमा जवाफी गोल फर्काएका थिए । त्यसपछि भने ९ नम्बर वडाले कुनै पनि स्कोर गर्न सकेन ।

आजको खेलमा विजयी टिम ६ नम्बर वडाका खेलाडी सुजन गौतम ‘म्यान अफ दि म्याच’ चुनिए । उनलाई खेल आयोजक समितिका संयोजक सुरेन राई, बाल ज्योति प्रा.वि.का व्यवस्थापन समिति अध्यक्ष विजय कुँवर लगायतले पुरस्कार स्वरुप एक जोर बुट प्रदान गर्नुभएको थियो । आजको ‘म्यान अफ दि म्याच’ पुरस्कार विजय कुँवरले प्रायोजन गर्नुभएको थियो ।

शनिश्चरे फुटबल क्लबको आयोजना र अर्जुनधारा नगरपालिकाको ७ र ८ नम्बर वडा कार्यालयको संयोजनमा भइरहेको प्रतियोगिता माघ २९ गतेसम्म चल्ने छ । प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा बिहिबार वडा नम्बर ७ र वडा नम्बर ३ बिच सेमिफाइन प्रवेशकालागि प्रतिस्पर्धा हुने खेल संचालन समितिका सचिव पेमा तामाङले जानकारी दिनुभयो ।

खेलाडी उत्पादन र छनोट गर्ने उदेश्यकासाथ जारी प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले नगद २० हजारसहित ट्रफी पाउने छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
2
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय