अर्जुनधारा–१ (यु–१८) फुटबलको सेमिफाइनलमा प्रवेश

Share :

अर्जुनधारा । अर्जुनधारा वडा नम्बर १ अर्जुनधारा नगरपालिकामा जारी वडास्तरीय १८ वर्षभन्दा कम उमेर समुहकोे (यु–१८) फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत आज भएको दोस्रो क्वाटरफाइनल खेलमा अर्जुनधारा वडा नम्बर १० लाई ३–० गोल अन्तरले पराजित गर्दै अर्जुनधारा–१ सेमिफाइनल प्रवेश गरेको हो ।

वडा नम्बर १ का लागि खेल सुरु भएको १२ औं मिनेटमा टिम कप्तान प्रविन विश्वकर्माले पहिलो गोल गरेका थिए । वडा नम्बर १ लागि ५४ औं मिनेटमा सुनिल लोहारले दोस्रो गोल गरे । खेलको ६० औं मिनेटमा सचिन मगरको प्रहार गोलमा परिणत भएसंगै अर्जुनधारा–१ तिन–शुन्य गोल अन्तरले विजयी बन्यो ।

अर्जुनधारा वडा नम्बर १० ले भने खेलमा स्कोर गर्ने धेरै प्रयास गरेपनि सफल हुनसकेन । खेलमा वडानम्बर १० का गोल रक्षक सुजन चेमजोङ र अभिषेक राईले पहेलो कार्ड पाएका थिए ।


आजको खेलमा विजयी टिमका कप्तान प्रविन विश्वकर्मा ‘म्यान अफ दि म्याच’ चुनिए । उनलाई शनिश्चरे फुटबल क्लबका अध्यक्ष सुरेन राई, अर्जुनधारा १ नम्बर वडाका वडाअध्यक्ष उपेन्द्र बस्नेत, ३ नम्बर वडाका वडाअध्यक्ष सिताराम भट्टराई र १० नम्बर वडाका वडाअध्यक्ष भुपेन्द्र न्यौपानेले पुरस्कार स्वरुप एक जोर बुट प्रदान गर्नुभएको थियो ।

शनिश्चरे फुटबल क्लबको आयोजना र अर्जुनधारा नगरपालिकाको ७ र ८ नम्बर वडा कार्यालयको संयोजनमा भइरहेको प्रतियोगिता माघ २९ गतेसम्म चल्ने छ । प्रतियोगिताको तेस्रो क्वाटरफाइनल अन्र्तगत बुधबार वडानम्बर ६ र वडानम्बर ९ बिच खेल हुने आयोजकले जनाएको छ ।

खेलाडी उत्पादन र छनोट गर्ने उदेश्यकासाथ जारी प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले नगद २० हजारसहित ट्रफी पाउने छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
10
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय