कृषकले फाले बिर्तामोडका सडकमा कुखुरा र अण्डा

Share :

बिर्तामोड । सरकारले कुखुरा तथा अण्डाको मूल्य नतोकेको भन्दै झापाका कुखुरापालक कृषक आन्दोलित बनेका छन् ।

उनीहरुले मंडलावार दिउँसो बिर्तामोडस्थित पूर्वपश्चिम राजमार्गको मुक्ति चौकमा जिउँदा कुखुराका चल्ला तथा अण्डा फालेर सरकारको बिरोध गरेका छन् ।

सरकारले बजार व्यवस्थापन नगर्दा आफूहरुले उत्पादन गरेको कुखुरा र अण्डाले उचित मूल्य नपाएको उनीहरुको भनाई छ ।


व्यानर तथा प्लेकार्डसहित निस्केको कुखुरापालक किसानको र्यालीले बिर्तामोडमा प्रदर्शन गरेको थियो ।

व्यस्त पूर्वपश्चिम राजमार्गमा फालिएका कुखुरामाथि सवारी साधन गुडेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय