अर्जुनधारा–८ (यु–१८) फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

Share :

अर्जुनधारा । अर्जुनधारा–८ वडास्तरीय १८ वर्षभन्दा कम उमेर समुहकोे (यु–१८) फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तर्गत आज भएको पहिलो क्वाटरफाइनल खेलमा अर्जुनधारा ११ लाई टाईब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै अर्जुनधारा ८ सेमिफाइनल प्रवेश गर्ने पहिलो टिम बनेको हो ।

निर्धारीत समयमा दुबै टिमले १–१ गोलको बराबरी गरेपछि नतिजाकालागि खेल टाईब्रेकरमा गएको थियो । टाईब्रेकरमा अर्जुनधारा–८ का गोल रक्षकले विपक्षी खेलाडीको २ वटा प्रहारको बचाउ गर्दा अर्जुनधारा–११ का गोल रक्षकले १ मात्रै प्रहार बचाउ गर्न सके ।


खेलमा वडा नम्बर ८ का लागि ३६ औं मिनेटमा समीर हेमरनले पहिलो गोल गरेका थिए भने वडा नम्बर ११ का लागि ६२ औं मिनेटमा राजु सिगुले गरेको प्रहार गोलमा परिणत भएको थियो ।

आजको खेलमा उत्कृष्ट बचाउ गर्दै टिमलाई विजयी बनाउन सफल अर्जुनधारा ८ का गोल रक्षक करण भुजेल ‘म्यान अफ दि म्याच’ चुनिए ।

उनलाई आयोजक शनिश्चरे फुटबल क्लबका अध्यक्ष सुरेन राई र अर्जुनधारा ८ नम्बर वडाका वडाअध्यक्ष कुमार उप्रेतीले पुरस्कार स्वरुप एक जोर बुट प्रदान गर्नुभएको थियो ।

प्रतियोगितामा मंगलबार वडानम्बर १ र वडानम्बर १० बिच खेल हुने आयोजकले जनाएको छ । अर्जुनधारा नगरपालिकाको ७ र ८ नम्बर वडा कार्यालयको संयोजनमा भइरहेको प्रतियोगिता माघ २९ गतेसम्म चल्ने छ ।

खेलाडी उत्पादन र छनोट गर्ने उदेश्यकासाथ जारी प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले नगद २० हजारसहित ट्रफी पाउने छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
3
+1
0
+1
0
+1
0
+1
3
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय