बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सव : अन्तराष्ट्रिय व्यापार पोलिसी अनुसरण गर्न मद्दत पुग्ने

Share :

बिर्तामोड । फागुनको पहिलो साता बिर्तामोडमा आयोजना हुने बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सवबाट यहाँका व्यवसायीले अन्तराष्ट्रिय व्यापार पोलिसी अनुसरण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ । महोत्सव सञ्चालनका लागि आयोजक बिर्तामोड उद्योग वाणिज्य संघले आइतवार गरेको अन्तर संवादमा सहभागी व्यवसायिका प्रतिनिधिले यस्तो विश्वास व्यक्त गरेका हुन् ।

फागुन ५ देखि १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा नेपाल सहित भारत , वंगलादेश, भुटान र पाकिस्तानका उत्पादनहरुले पनि स्टल वुकिङ गरेका छन् । महोत्सवमा दुई सय बढी स्टल रहने बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा व्यवापार महोत्सव मूल आयोजक समितिका संयोजक राजु न्यौपानेले बताउनुभयो ।

मित्रराष्ट्रबाट सहभागी हुन आएका व्यवासायीले सञ्चालन गरेको व्यवसायिक स्टल र उनीहरुको व्यापार शैलीका विषयमा यहाँका व्यवसायीले अनुसरण गर्दै आगामी दिनमा व्यपार व्यवसाय सञ्चालन गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छलफलमा सहभागी वेदप्रकाश अग्रवालले बताउनुभयो ।


बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहनु भएका अग्रवालले विदेशबाट आएका व्यापारीको विजनेश पोलिसी मात्रै यहाँका व्यापारीले ग्रहण गर्ने हो भने व्यापार प्रर्वधनमा थप टेवा पुग्ने बताउनुभयो । यता मेची डिष्ट्रिव्युटर एशोसिएसनका अध्यक्ष राजेन्द्रकुमार थापाले महोत्सव स्थल उपभोक्ता र अवलोकन कर्ताका लागि सुरक्षित, आकर्षक र मनोरञ्जनात्मक गन्तव्य स्थलका रुपमा निर्माण हुनु पर्नेमा जोड दिनुभयो ।

महोत्सवका विषयमा आइतवार मात्रै आयोजक समितिले मेची डिष्ट्रिव्युटर एशोसिएसन, कष्मेटिक डिलर एण्ड फुड एशोसिएसन, सौन्दर्य व्यवसायी संघ, छठ समाज सेवा समितिसंग छुट्टाछुट्टै छलफल र अन्तर संवाद गरेको छ । छलफलमा मेची डिष्ट्रिव्युटर एशोसिएसन मेची अध्यक्ष राजेन्द्रकुमार थापा, निर्वतमान अध्यक्ष सुरेशकुमार अग्रवाल , उपाध्यक्ष प्रविन अग्रवाल, सचिव राजिव श्रेष्ठ, सदस्य भगवानदाश अग्रवाल सहभागी रहनु भएको थियो ।

त्यस्तै छठ समाज सेव समितिका अध्यक्ष राजकुमार गुप्ता,निर्वतमान अध्यक्ष घनश्याम चौधरी, मनोज चौधरी, वरुण कुमार जयसवाल,राजकुमार शाह, मनोज रौनियार , संजय चौधरी लगायत सहभागी हुनुभयो । त्यस्तै छलफलमा बिर्तामोड उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष कुमार भट्टराई, पूर्व अध्यक्ष वेदप्रकाश अग्रवाल लगायत सहभागी हुनुभयो । त्यस्तै कष्मेटिक तथा फुड डिलर एशोसिएसन अध्यक्ष भरत पाठक, ललिता अधिकारी लगायत छलफलमा सहभागी बन्नुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय