अर्जुनधारामा–९ (यु–१८) फुटबलको क्वाटरफाइनलमा प्रवेश

Share :

अर्जुनधारा । झापाको अर्जुनधारामा जारी वडास्तरीय १८ वर्षभन्दा कम उमेर समुहकोे (यु–१८) फुटबल प्रतियोगितामा वडा नम्बर ९ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शनिश्चरे फुटबल क्लबको आयोजनामा वडा नम्बर ७ स्थित अर्जुनधारा खेलमैदानमा भइरहेको प्रतियोगिताको तेस्रो खेलमा वडा नम्बर ५ लाई टाईब्रेकरमा २–१ गोल अन्तरले पराजित गर्दै वडा नम्बर ९ विजयी बनेको हो ।



निर्धारित समयमा दुवै टिमले २–२ गोल गरेपछि बराबरी भएको खेल टाइब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा ५ मध्ये ४ गोल उत्कृष्ट बचाउ गरेका विजयी टिमका गोल रक्षक विराज परियार आजको खेलको ‘म्यान अफ दि म्याच’ चुनिए ।

उनलाई आयोजक शनिश्चरे फुटबल क्लबका अध्यक्ष सुरेन राई र अर्जुनधारा ७ नम्बर वडाका वडाअध्यक्ष गोविन्द खतिवडाले पुरस्कार स्वरुप एक जोर बुट प्रदान गर्नुभएको थियो ।

प्रतियोगितामा सोमबार वडानम्बर ८ र वडानम्बर ११ बिच खेल हुने आयोजकले जनाएको छ । अर्जुनधारा नगरपालिकाको ७ र ८ नम्बर वडा कार्यालयको संयोजनमा भइरहेको प्रतियोगिता माघ २९ गतेसम्म चल्ने छ ।

प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले नगद २० हजारसहित ट्रफी पाउने छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
4
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय