रास्वपाद्वारा आजको संसद बैठक बहिष्कार

Share :

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आजको प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ। दिउँसो १ बजेबाट जारी प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद अनुपश्चित भएका हुन्।

उनीहरू केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सहभागी छन्। सरकारबाट बाहिरिने कि सरकारमा रहने भन्ने विषयमा रास्वपाले आज अन्तिम निर्णय गर्दै छ। सोहीअनुसार उनीहरू छलफलमा जुटेका हुन्।

स्रोतका अनुसार हिजो राति बसेको आकस्मिक बैठकले अघोषित रूपमा आजको संसद् बैठक बहिष्कार गर्ने निर्णय गरेको थियो। रास्वपाबाट इन्दिरा राना उपसभामुख  बनेसँगै प्रतिनिधिसभामा रास्वपाका १८ सांसद रहेका छन्।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय