दुर्गा पाञ्चायन मन्दिरको साधारणसभा : सामुदायिक भवन उद्घाटन, नयाँ समिति चयन

Share :

खुदुनाबारी । झापाको अर्जुनधारा–२ बेलटारस्थित दुर्गा पाञ्चायन मन्दिरको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको अवसर पारेर मन्दिर परिसरमा नवनिर्मित सामुदायिक भवनको उद्घाटन गरिएको छ ।

प्रदेश नं.१ सरकारको बहुवर्षे योजना अन्र्तगत ०७६-०७७ बाट भवन निर्माणको प्रक्रिया सुरु भई गत आर्थिक वर्ष ०७८-०७९मा सम्पन्न भएको उक्त भवनको शनिबार साधारणसका प्रमुख अतिथि प्रदेश सभा सदस्य तिलचन पाठकले  उद्घाटन गर्नुभयो ।

शहरी विकास तथा भवन कार्यालय इलामको प्राविधिक कार्य अनुसार निर्माण भएको भवनको जम्मा लम्बाई एक सय पाँच फिट र चौडाई ५० फिट रहेको मन्दिर सञ्चालक समितिका अध्यक्ष नारायणप्रसाद पराजुलीले बताउनुभयो । उहाँका अनुसार ठेक्का प्रक्रियामार्फत् गरिमा निर्माण सेवाले निर्माण गरेको भवनको कुल लागत एक करोड आठ लाख रुपैयाँ रहेको छ ।


मन्दिरको तीन कठ्ठा दश धुर जमिनमा नवनिर्मित भवनमा चार सय जना क्षमताको सभाहलसहित एउटा मञ्च, एउटा कार्यालय कोठा, दुई वटा चेन्जिङ रुम, पुरुष र महिलाका लागि तीन–तीन वटा शौचालय आदि रहेको छ ।

कार्यक्रममा अध्यक्ष पराजुलीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र लेखा समितिका संयोजक गोपालकृष्ण न्यौपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा जग्गादाताहरु चन्द्रप्रसाद+राधिका गौतम(एक कठ्ठा), मनरथ+डिल्लीमाया सेलवाल(एक कठ्ठा), डिल्लीबहादुर+डिल्लीमाया प्रधान(एक कठ्ठा) र मोहन+टीका सेलवाल(सात धुर)लाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

कार्यक्रममा अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुली, योगप्रसाद आचार्यलगायतले मन्तव्य राख्नुभएको थियो । भवन निर्माण समितिका सचिव अनन्तराम खतिवडाले स्वागत गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन मदन भट्टराईले गर्नुभएको थियो ।

सोही सभाले आगामी दुई वर्षे कार्यकालकोलागि छविलाल पौडेलको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति सर्वसम्मत गठन गरेको निवर्तमान अध्यक्ष पराजुलीले जानकारी दिनुभयो ।

नवगठित समितिको उपाध्यक्षमा देवीप्रसाद खनाल, सचिवमा मदन भट्टराई, सहसचिवमा गोविन्द घिमिरे, कोषाध्यक्षमा राधिका उप्रेती र सदस्यहरुमा कमला न्यौपाने, कुमारी सेञ्च्युरी, खीनादेवी निरौला, घनश्याम ढुङ्गेल, टेकबहादुर न्यौपाने, फूलकुमारी आङदेम्बे, रामप्यारी थापा र वीनिता आचार्य चयन हुनुभएको छ ।

त्यस्तै सभाबाट गोपालकृष्ण न्यौपानेको संयोजकत्वमा चेतामणि निरौला र तुलसी ढकाल सदस्य रहेको तीन सदस्यीय लेखा समिति गठन भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय