वडा नम्बर १ (यु–१८) फुटबलको क्वाटरफाइनलमा प्रवेश

Share :

अर्जुनधारा । झापाको अर्जुनधारामा जारी वडास्तरीय १८ वर्षभन्दा कम उमेर समुहकोे (यु–१८) फुटबल प्रतियोगितामा वडा नम्बर १ क्वाटरफाइनलमा प्रवेश गरेको छ । वडा नम्बर ७ स्थित अर्जुनधारा खेलमैदानमा शनिबार भएको प्रतियोगिताको दोस्रो खेलमा वडा नम्बर २ लाई ४–० गोल अन्तरले पराजित गर्दै वडा नम्बर १ विजयी बनेको हो ।

वडा नम्बर १ का लागि खेल सुरु भएको चौंथो मिनेटमा गणेश गजमेरले पहिलो गोल गरेका थिए । त्यस्तै ३४ औं मिनेटमा सुनिल लोहारले दोस्रो गोल गरे । खेलको ३६ औ मिनेटमा युगल राईले टिमकालागि तेस्रो गरे । त्यस्तै खेलको ४७ औं मिनेटमा गणेश गजमेरले टिमकालागि चौंथो तथा व्यक्तिगत दोस्रो गोल गरे । गोल फर्काउने धेरै प्रयास गरेपनि २ नम्बर वडाले भने गोल स्कोर गर्न सकेन । वडा नम्बर १ क्वाटरफाइनलमा प्रवेश गर्दा वडा नम्बर २ भने पहिलो चरणबाटै बाहिरीएको छ ।


खेलमा वडा नम्बर १ का खेलाडी गणेश गजमेर ‘म्यान अफ दि म्याच’ चुनिए । उनलाई आयोजक शनिश्चरे फुटबल क्लबका अध्यक्ष सुरेन राई र अर्जुनधारा ७ नम्बर वडाका वडाअध्यक्ष गोविन्द खतिवडाले पुरस्कार स्वरुप एक जोर बुट प्रदान गर्नुभएको थियो ।

शनिश्चरे फुटबल क्लबले आयोजना गरेको प्रतियोगितामा नगरपालिकाका ११ वटै वडाले सहभागिता जनाएका छन् । क्लबका अध्यक्ष सुरेन राईले खेलाडी उत्पादन र युवाहरुलाई लागुऔषध दुर्व्यसन विरुद्ध सचेतना जगाउने उदेश्यकासाथ प्रतियोगिता संचालन गरिएको बताउनुभयोे ।

प्रतियोगितामा भोलि आइतबार वडा नम्बर ९ र वडा नम्बर ५ बिच प्रतिस्पर्धा हुनेछ । अर्जुनधारा नगरपालिकाको ७ र ८ नम्बर वडा कार्यालयको संयोजनमा भइरहेको प्रतियोगिता माघ २९ गतेसम्म चल्ने छ । प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले नगद २० हजारसहित ट्रफी पाउने छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
9
+1
0
+1
2
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय