अर्जुनधारामा गाडिएको अवस्थामा शव भेटीएको महिलाको हत्या गर्ने श्रीमान पक्राउ

Share :

अर्जुनधारा । अर्जुनधारा–८ नयाँ खसीहाट छेउमा गाडिएको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ । उक्त शव सोही स्थानमा बसोबास गर्दै अएकी ४५ बर्षीय कलपना पोखरेलको भएको प्रहरीले बताएको छ ।

उनको आफ्नै श्रीमान ३३ बर्षका मनोज बस्नेतले नै हत्या गरि पुरेकोे प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार बेलका नगरपालिका उदयपुर स्थायी ठेगना भएका बस्नेत श्रीमतीकासाथ सोही स्थानमा बसोबास गर्दै आएक थिए ।


बस्नेतले ३ दिन अघि श्रीमतीको हत्या गरेर गाडेको स्वीकार गरेको प्रहरी स्रोतले बताएको छ । पोखरेलको शव जमिनमा गाडिएको अवस्थामा शनिबार साँझ साँढे ६ बजे फेला परेको थियो ।

इलाका प्रहरी कार्यालय अनारमनीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
1
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय