निजि र सामुदायिक क्याम्पसमा स्ववियु निर्वाचन गर्न अनेरास्ववियूको माग

Share :
काठमाडौं । नेकपा (एस) निकट अनेरास्ववियूले देशका सबै निजि तथा सामुदायिक क्याम्पसमा स्ववियु निर्वाचनको माग गर्दै उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाललाई ज्ञापन-पत्र बुझाएको छ । थापाथलीस्थित संघको केन्द्रीय कार्यालयमा अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली नेतृत्वको टोलीले संघका अध्यक्ष रमेश सिलवाललाई उक्त ज्ञापन-पत्र हस्तान्तरण गरेको हो ।
लामो समय स्ववियु निर्वाचन नहुँदा विद्यार्थी आफ्ना अधिकारबाट बन्चित भएको, नेतृत्व गर्ने बाटोमा अवरोध खडा भएको विज्ञप्तिमा भनिएको छ । साथै विज्ञप्तिमा शिक्षा क्षेत्रमा भएको चर्को मूल्य वृद्धिको पनि बिरोध गरिएको छ ।
विज्ञप्ति लिदै उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपालका अध्यक्ष रमेश सिलवालले शिक्षित जनशक्ति पलायनले देशको ठूलो धनराशि प्रत्यक्ष अप्रत्यक्ष रुपमा बाहिरीएकोमा चिन्ता व्यक्त गर्नुभयो । अध्यक्ष सिलवाल अनेरास्ववियूको माग प्रति सकारात्मक रहेको अनेरास्ववियूका प्रवक्ता मिलन राईले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय