नवज्योति प्रा.वि.को ५३ औं वार्षीक उत्सव सम्पन्न

Share :

खुदुनाबारी । अर्जुनधारा नगरपालिकाको २ नम्बर वडामा रहेको नवज्योति प्राथमिक बिद्यालयको ५३ औं वार्षीक उत्सव सम्पन्न भएको छ । बिद्यालयमा शुक्रबार आयोजित बिषेश समारोहकाबिच ५३ औं बार्षीक उत्सव कार्यक्रम सम्पन्न भएको हो।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र कोइरालाको अध्यक्षता तथा अर्जुनधारा नगरपालिका २ नम्बर वडाका वडाअध्यक्ष नरेन्द्रकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा संचालन भएको कार्यक्रममा खेलकुद समापन र सम्मान तथा बिदाई कार्यक्रम गरिएको थियो ।

बार्षीक उत्सवको अवसरमा आयोजित खेलकुदमा बिभिन्न स्थान हासील गर्ने बिद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । त्यस्तै बिद्यालयबाट बिदा हुनुभएका पूर्व प्रध्यानाध्यापक तिलचन खनाल र अवकास लिनुभएकी शिक्षिका कमला खड्गालाई सम्मान पत्र र मायाको चिनोद्वारा बिदाई र सम्मान गरिएको थियो । यस्तै बिद्यालयलाई सहयोग गर्ने शान्ति सामुदायीक वनलाई पनि सम्मान गरिएको थियो ।


बिद्यालयलाई जग्गा प्रदान गर्नुहुने जग्गादाताहरु भिम समाल मगर, गंगा बाहादुर समाल मगर, बसन्त मगर र राम गुरुङलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यस्तै २०२६ सालबाट संचालन भएको बिद्यालय स्थानकालागि महत्वपूर्ण भुमिका खेल्नुभएका बिद्यालयका संस्थापक चक्र बाहादुर प्रधानलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा बिद्यालयका प्र.अ. लोकनाथ कोइरालाले बिद्यालयको अवस्था, आगामी योजना र समस्याका बारेमा जानकारी गराउनुभएको थियो । बिभिन्न मनोरञ्जनात्मक खेलहरु संचालन भएको कार्यक्रममा बिद्यार्थीहरुले सांस्कृतिक तथा सांगितिक प्रस्तुति समेत दिएका थिए ।

कार्यक्रममा अर्जुनधारा नगरपालिकाकी कार्यपालिका सदस्य चन्द्रा तामाङ, विमला रोक्का, वडासदस्य प्रेम उपरकोटी, बिद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षहरु प्रेम आचार्य, घनश्याम ढुङगेल, शिक्षक–अभिभावक संघका अध्यक्ष हेम खड्गा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय