यु–१८ फुटबल प्रतियोगितामा अर्जुनधारा ८ को विजयी सुरुवात (फोटो फिचर)

Share :

अर्जुनधारा । झापाको अर्जुनधारामा वडास्तरीय १८ वर्षभन्दा कम उमेर समुहकोे (यु–१८) फुटबल प्रतियोगिता सुरु भएको छ । वडा नम्बर ७ स्थित अर्जुनधारा खेलमैदानमा आज भएको प्रतियोगिताको पहिलो खेलमा वडा नम्बर ४ लाई ‘सडन डेथ’मा पराजित गर्दै वडा नम्बर ८ विजयी भएको छ ।


निर्धारीत ६० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि ट्राइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा ४–४ गोलको बराबरी भएपछि ‘सडन डेथ’ प्रहार भएको थियो । सडन डेथमा ८ नम्बर वडाका जर्सी नम्बर १३ का खेलाडी सुजन दाहालको प्रहार गोलमा परिणत हुँदा वडा नम्बर ४ का जर्सी नम्बर २१ का खेलाडी दिपेश चौधरीले गरेको प्रहार भने गोलमा परिणत हुन सकेन । उनको प्रहार गोलपोष्ट भन्दा बाहिर गएपछि वडा नम्बर ८ विजयी बनेको हो ।


आजको खेलमा वडा नम्बर ४ का खेलाडी पारस तामाङ ‘म्यान अफ दि म्याच’ घोषित भए ।

अर्जुनधाराको शनिश्चरे फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको उद्घाटन अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले गर्नुभएको थियो । क्लबका अध्यक्ष सुरेन राईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङ, अर्जुनधारा ३ नम्बर वडाका वडाअध्यक्ष सिताराम भट्टराई, ७ नम्बर वडाका वडाअध्यक्ष गोविन्द खतिवडा, १० नम्बर वडाका वडाअध्यक्ष भुपेन्द्र न्यौपाने लगायतका जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको भोलिको खेलमा वडा नम्बर १ र वडा नम्बर २ बिच प्रतिस्पर्धा हुनेछ । शनिश्चरे फुटबल क्लबको आयोजना तथा ७ र ८ नम्बर वडा कार्यालयको संयोजनमा सुरु भएको प्रतियोगिता माघ २९ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले नगद २० हजारसहित ट्रफी पाउने छ ।

खेलाडी उत्पादन र युवाहरुलाई लागुऔषध दुव्र्यसनमा लाग्नबाट बचाउने उदेश्यकासाथ प्रतियोगिता संचालन गरेको आयोजकको भनाई छ । प्रतियोगिता सम्पन्न गर्न ३ लाख ९० हजार खर्च लाग्ने अुनमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
4
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय