काठमाडौं । रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको छ । आज जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर लामिछानेले नागरिकताको प्रमाणपत्र लिनुभएको हो ।
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको थियो ।